×

गैँडाकोट । नवलपुरको गैँडाकोटबाट ४ जना जुवाडे पक्राउ परेका छन् । गैँडाकोट नगरपालिका वडा नं. ४ स्थित पूर्ण बहादुर गुरुङ्गकाे होटलमा जुवा खेलिरहेका चारजना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा गैँडाकोट नगरपालिका वडा नं. ४ का ३२ वर्षका राजु परियार, २६वर्षका अर्जुन पौडेल, ३२ वर्षका आशिष श्रेष्ठ र गैँडाकोट १ का २८ वर्षका बुद्ध लामा रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व)ले जनाएको छ । उनिहरुकाे साथबाट ५५ हजार ४० रुपैँया बरामद गरिएकाे छ ।
कार्यालयका सूचना अधिकारी समेत रहनुभएका प्रहरी नायव उपरिक्षक दिलीप कुमार गिरीले पक्राउ परेका उनिहरुमाथि जुवा मुद्धामा कारबाही हुने बताउनु भयो ।

तपाईको प्रतिक्रिया