×

नवलपुर । नवलपुरको कावासोतीबाट पाँचजना जुवाडे पक्राउ परेका छन् । कावासोती नगरपालिका वडा नं २ शान्तीटोल स्थित चेत नारायण काफ्लेको घरमा जुवा खेलिरहेका पाँचजना जुवाडे आज दिउसो पक्राउ परेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व)ले जनाएको छ । उनिहरुको साथबाट २८ हजार ८६५ नेपाली रुपैया र ९५० भारतीय रुपैँया बरामद गरिएको कार्यालयका सूचना अधिकारी दिलिप कुमार गिरीले जनाकारी दिनुभयो ।
पक्राउ पर्नेमा कावासोती २ का डिल्लीराम पौडेल, अर्जुन कंडेल,दुर्गा कंडेल, ठाकुराम थापा र वडा नं. ५ का भुपराज चापाँगाई रहेको उहाँले बताउनु भयो ।प्क्राउ परेका उनिहरुलाई प्रहरी कार्यालयको हिरासत कक्षमा राखेर मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ को दफा १२५ बमोजिम कसुर अन्तर्गत अनुसन्धान कार्य अघि बढाईएको छ ।

तपाईको प्रतिक्रिया