गैँडाकोट ।नेकपा एमाले गैँडाकोटको एकताको प्रथम अधिवेशन नजिकिदै जाँदा विभिन्न पदमा उमेदवारी घोषणा गर्नेहरुको संख्या बढ्दै गएको छ । कार्तिक ११ गते हुने अधिवेशनका लागि नगर उपाध्यक्ष पदमा नेता श्रीराम सुवेदीले उमेदवारी दिने घोषणा गरेका छन् ।
नेकपा एमालेको जनवर्गीय संगठन खेलकुुद महासंघको केन्द्रीय सदस्य समेत रहेका नेता सुवेदीले पार्टिलाई एकतावद्ध बनाउने अभिप्रायले उपाध्यक्ष पदमा आफुले उमेदवारी दिने उज्यालो खबरलाई बताए । सवै प्रतिनिधहरुको साथ र सहयोगले नगरमा पार्टिलाई बलियो बनाउन मेरो उमेदवारीलाई सहर्ष स्वीकार्दै मलाई साथ दिनुहुुनेछ भन्ने अपेक्षा लिएको छु उनले भने ।
पार्टि गैँडाकोट नगर कमिटिका सदस्य समेत रहेका उनि जिल्ला खेलकुद विकास समितिका पूर्व सदस्य समेत हुन् । गैडाकाेट नगरपालिका वडा नं.४ घर भएका सुवेदीकाे वडाबाट नगरअधिवेशनमा सबैभन्दा बढि प्रतिनिधिहरु सहभागी हुँदैछन् ।
कार्तिक ११ गते होटल कालाबन्जरामा हुने एमाले गैँडाकोटको नगरअधिवेशनमा झण्डै २५० जना प्रतिनिधिहरु सहभागी हुने नेकपा एमालेका सचिवलाय सदस्य तथा गैँडाकोट नगरकमिटिका ईन्चार्ज यमुनाथ आचार्यले जानकारी दिए ।



उज्यालो खबर




