×

मध्य नेपाल

नवलपुरका चार स्थानीय तहमा आइतवार (भोलि) सार्वजनिक विदा

नवलपुरका चार स्थानीय तहमा आइतवार (भोलि) सार्वजनिक विदा
गैँडाकोट । नवलपुरका चार स्थानीय तहले भोलि (आइतवार) सार्वजनिक विदा दिएका छन् । थारु महिलाहरुले मनाउने जितियापर्वको अवसरमा पालिकाभर सार्वजनिक विदा दिइएको हो । जिल्लाको देवचुली नगरपालिका, कावासोती नगरपालिका, मध्यविन्दु नगरपालिका र विनयीत्रिवेणी गाउँपालिकाले भोलि विदा दिइएको कुरा जनाएका छन् ।

अछाममा पहिरोले घर पुरिंदा २ जनाको मृत्यु, ७ जना बेपत्ता

अछाममा पहिरोले घर पुरिंदा २ जनाको मृत्यु, ७ जना बेपत्ता
धनगढी । अछाममा पहिरोले घर पुरिंदा दुई जनाको मृत्यु भएको छ । ७ जना बेपत्ता भएका छन् ।जिल्लाको तुर्माखाद गाउँपालिका–५ काँडामा पहिरोले दुई वटा घर पुरिंदा दुई जनाको मृत्यु भएको र सात जना बेपत्ता भएको स्थानीय प्रशासनले जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालकाअनुसार शुक्रबार राति पहिरो जाँदा पुरिएर बेपत्ता भएकामध्ये २ जनाको शव भेटिएको छ भने सात जना अझै बेपत्ता रहेका छन् ।अहिले प्रहरी टोली घटनास्थलतर्फ हिंडेको छ तर सडकमार्ग अवरुद्ध भएकाले पुग्न समय लाग्नसक्ने बताइएको ...

विश्वकर्मा पूजा एवं वास्तु दिवस मनाइँदै

विश्वकर्मा पूजा एवं वास्तु दिवस मनाइँदै
काठमाडौं । कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालिगडहरुले विश्वकर्माको पूजा आराधना गरी विश्वकर्मा दिवस मनाउँदैछन् ।विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । कलकारखानालाई विशेषरूपमा सजाएर मजदुरलाई समेत सहभागी गराएर यो दिवस मनाइन्छ । बालुवा अन्य चीजबाट बनाइएको विश्वकर्माको मूर्ति वाग्मती मुहानस्थल सुन्दरीजल वा अन्य स्थलमा लगी सेलाउने गरिन्छ । आज पूजा गरी आइतबारदेखि नदीमा लगी मूर्ति सेलाइन्छ ।...

रत्ननगर खानेपानीले असोज महिनाको न्यूनतम महसुल छुट दिने

रत्ननगर खानेपानीले असोज महिनाको न्यूनतम महसुल छुट दिने
चितवन । रत्ननगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले असोज महिनाको न्युनतम महशुल छुट दिने भएको छ । बुधवार भएको पद हस्तान्तरण पछि बसेको नया कार्यसमितिको पहिलो बैठकले न्यूनतम १० हजार लिटर पानी प्रयोग गरेवापत न्यूनतम मासिक ११० रुपैया शुल्क मिनाहा गर्ने निर्णय गरेको सचिब प्रताप डल्लाकोटीले जानकारी दिए । बुधबारनै नव निर्वाचित पदाधिकारीलाई पद स्तान्तरण,सपथग्रहण तथा प्रमाणपत्र वितरण गरिएको थियो । निर्वतमान अध्यक्ष भीष्मराज पौडेलले नवनिर्वाचित अध्यक्ष माधवप्रसाद अर्याललाई पद हस्ता...

पहिरोमा घर पुरिँदा काभ्रेमा एकै परिवारका तीनजनाको मृत्यु

पहिरोमा घर पुरिँदा काभ्रेमा एकै परिवारका तीनजनाको मृत्यु
काठमाडौं ।  काभ्रेको बेथानचोक गाउँपालिका–४ चलालमा पहिरोले घर पुरिँदा एकै परिवारका तीनजनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार आज बिहान साढे ३ बजे पहिरोले घर पुरिँदा ६५ वर्षीया लालजुङ तामाङ, छोरा ४४ वर्षीय निरबहादुर तामाङ र छोरी ४० वर्षीया छोरी सावित्रीको मृत्यु भएको हो। निरबहादुर र छोरी सावित्रीको घटनास्थमै मृत्यु भएको हो। आमा लालजुङको उपचारको क्रममा अस्पतालमा निधन भएको हो।राति सुतिरेहका बेला पहिरो खसेपछि घर पुरिएको थियो। स्थानीय र प्रहरीले उद्धार गर्ने ...

स्वर्ण वर्ष मनाउदै चितवन राष्ट्रिय निकुञ्ज,वर्ष भरि विविध कार्यक्रम गरिने

स्वर्ण वर्ष मनाउदै चितवन राष्ट्रिय निकुञ्ज,वर्ष भरि विविध कार्यक्रम गरिने
नवलपुर । नेपालको पहिलो राष्ट्रिय निकुञ्ज चितवन राष्ट्रिय निकुञ्ज यही असोज ४ गते ५० औँ वर्ष प्रवेशका अवसरमा स्वर्ण वर्ष मनाउने भएको छ । विसं २०३० असोज ४ गते यो निकुञ्ज स्थापना भएको हो । निकुञ्जले आफ्नो स्वर्ण वर्ष भरि विविध कार्यक्रमको आयोजना गरी मनाउने भएको हो । असोज ७ गते औपचारिक कार्यक्रमगरी स्वर्ण वर्ष शुभारम्भ गरिँदैछ । निकुञ्ज परिसर कसरामा स्वर्ण वर्षको शुभारम्भ गरिने निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताउनुभयो । महोत्सवमा स्मारिका प्रकाशनगर्ने, स्वर्ण स्तम्...

राप्तीमा आँखा उपचार केन्द्र सञ्चालन हुने, नगरपालिका र भरतपुर आँखा अस्पतालबीच सम्झौता

राप्तीमा आँखा उपचार केन्द्र सञ्चालन हुने, नगरपालिका र भरतपुर आँखा अस्पतालबीच सम्झौता
चितवन । चितवनको राप्ती नगरपालिकामा आँखा उपचार केन्द्र सञ्चालन हुने भएको छ । आँखा उपचार केन्द्र सञ्चालनका लागि आज राप्ती नगरपालिका र भरतपुर आँखा अस्पतालबीच सम्झौता भएको हो । सम्झौतामा राप्ती नगरपालिकाका प्रमुख शमशेर लामा र नेपाल नेत्रज्योति संघ तथा भरतपुर आँखा अस्पताल सञ्चालक समितिका अध्यक्ष कृष्णराज धरेलले हस्ताक्षर गर्नुभएको छ । अस्पताल प्रशासक दयाशंकर चौधरी, अस्पतालका बाह्य कार्यक्रम संयोजक रमेश घिमिरे, राप्ती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्साल र स्वास्थ्य...

कालिका एफ.एमकाे २०औँ बार्षिकोत्सवका कार्यक्रम सार्वजनिक

कालिका एफ.एमकाे २०औँ बार्षिकोत्सवका कार्यक्रम सार्वजनिक
भरतपुर । चितवनकाे कालिका एफएमले २०औं बार्षिकोत्सवका कार्यक्रम सार्वजनिक गरेको छ । एफ।एम परिसरमा मंगलबारआयोजित पत्रकार सम्मेलन गरि विगतका कार्यक्रमलाई निरन्तरता दिँदै, केहि नयाँ कार्यक्रम सार्वजनिक गरिएको हो । स्थापनाकालदेखिनै कालिका एफएमले भव्य र उल्लासमय वातावरणमा वार्षिकोत्सवका कार्यक्रम गर्दै आइरहेको छ । महिनाब्यापी रुपमा आयोजित बार्षिक उत्वसवका कार्यक्रमहरुमा स्रोता लक्षित, समाजका प्रवुद्ध ब्यक्तिहरुको सहभागिता रहने खालका कार्यक्रमहरु रहेका छन् । समाज र राष्ट्रको हितमा...

चितवनमा ‘सवारी’ को सेवा सुरु

चितवनमा ‘सवारी’ को सेवा सुरु
चितवन – राइड सेयरिङ प्लाटफर्म ‘सवारी’ ले चितवनमा पनि सेवा सुरु गरेको छ । भैरहवा , काठमान्डौ र पोखरामा राइड सेयरिङ सेवा सुरु गरेको सवारीले आफ्नो सेवा चितवनमा पनि विस्तार गरेको हो ।चितवनको नारायणगढमा आज आयोजित पत्रकार सम्मेलनमा सवारीका सिइओ शेर बहादुर शाहले चितवन र नवलपुरको गैँडाकोटका स्थानीयहरुका लागि लक्षित गर्दै सेवा सुरु गरिएको जानकारी दिनुभयो । सवारीको सेवा लिनका लागि ग्राहकहरुले मोबाइलमा सवारीको एप्लीकेशन डाउनलोड गर्नुपर्नेहुन्छ ।Savari Taxi Auto$Bike लेखिएको सवारीको ए...