क्यान्सर अस्पतालमा २३ वर्षमा २० लाख बिरामीको उपचार
चितवन। भरतपुरमा रहेको वीपी कोईराला मेमोरियल क्यान्सर अस्पतालले २३ वर्षमा २० लाख बिरामीलाई सेवा दिएको छ । अस्पतालले सन् १९९९ देखि सन् २०२१ को डिसेम्बरसम्म १९ लाख ६९ हजार ५७४ बिरामीको उपचार गरेको हो ।
अस्पतालमा सबैभन्दा कम सन् १९९९ मा ७ हजार ९६४ जना बिरामीलाई सेवा दिएको थियो भने सबैभन्दा बढी सन् २०२१ मा १ लाख ६४ हजार ५९५ जना बिरामीको उपचार गरेको छ । अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतमका अनुसार सन् २००० मा ४७ हजार ७०८, सन् २००१ मा ४७ हजार ९२६, सन् २००२ मा...


