×

मध्य नेपाल

आज महानवमी पर्व, किन मानिन्छ विशेष ?

आज महानवमी पर्व, किन मानिन्छ विशेष ?
काठमाडौं । प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा गरी मनाइँदैछ ।महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दशैंघर र कोतलगायत विभिन्न देवी मन्दिर र शक्तिपीठमा बलिसहित विशेष पूजा तथा दुर्गा सप्तशती (चण्डी) , श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ गरिन्छ । पशुबलि नदिने र शाकाहारीहरुले भने महानवमीका दिनमा कुभिण्डो, घिरौँला, मुला, काँक्रो र जटा नरिवलसमेत बल...

मौलाकालीमा दर्शनार्थीहरुकाे घुइँचाे ( फोटो फिचर )

मौलाकालीमा दर्शनार्थीहरुकाे घुइँचाे ( फोटो फिचर )
गैँडाकाेट ( माैलाकाली)  । आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीहरुले बडादशैंका रूपमा दुर्गा भवानीको विशेष पूजाआराधना गरी भव्यरूपमा मनाउँदैछन् । बडादशैंको आठौं दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआराधना गरिन्छ । नवलपुरकाे गैँडाकाेटमा रहेकाे माैलाकालिका मन्दिरमा बिहानैदेखि दर्शनार्थीहरुकाे भिड लागेकाे छ ।  

दसैँ मनाउन घर फर्किनेको भीड

दसैँ मनाउन घर फर्किनेको भीड
काठमाडौं । बडादसैँ भित्रिएसँगै उपत्यका छाड्नेहरूको संख्या पनि बढेको छ । काठमाडौंमा अस्थायी रुपमा बसोबास गर्नेहरु धमाधम घर फर्कन थालेका हुन् । उपत्यकाबाट बाहिरिने मुख्य नाकाहरू कलंकी, बल्खु, कोटेश्वर थातथलोमा फर्किनेहरूको लर्को लागेको छ । पढाइ, रोजगारी तथा व्यवसायको सिलसिलामा सहरबजार छिरेकाहरू दसैँमा घर फर्कने गरेको छ । मीठो खाने र राम्रो लाउने चाडका रूपमा पनि परिचित दसैँमा परिवार, आफन्तजनसँग जमघटको खुसी टीका थापेर आशीर्वाद लिने हुनाले यो चाडको महत्व झन् बढ्दो छ । पछिल्ल...

इमेज परिवारमा शुभकामना र खुसी साटासाट !

इमेज परिवारमा शुभकामना र खुसी साटासाट !
चितवन । चितवनको नारायणगढमा मुख्य कार्यालय रहेको इमेज इन्स्टिच्यूटले नेपालीहरुको महान पर्व दशै, तिहार, छठ र नेपाल संवतको अवसरमा शुभकामना आदाप्रदान कार्यक्रम शुक्रवार सम्पन्न गरेको छ ।नारायणगढको मुख्य कार्यालयको इमेज हलमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा इमेजका विद्यार्थी, कर्मचारी र शिक्षकहरुको सहभागिता रहेको थियो । शुभकामना आदानप्रदान कार्यक्रममा बोेल्दै इमेजका प्रबन्ध निर्देशक मोहन बुढाथोकीले धार्मिक र साँस्कृतिक महत्व बोकेका चाडपर्वलाई सभ्य रुपमा मनाउनुपर्ने बताउनु...

पारासिटामोलको अभाव छैन : स्वास्थ्य मन्त्रालय

पारासिटामोलको अभाव छैन : स्वास्थ्य मन्त्रालय
काठमाण्डौ ।  देशभर डेङ्गी फैलिएको र बिरामीले सिटामोल नपाएको गुनासो गरिरहँदा स्वास्थ्य मन्त्रालयले अभाव नभएको दाबी गरेको छ ।मन्त्रालयले पारासिटामोलको अभाव नभएको र काठमाण्डौ उपत्यकाका सरकारी अस्पतालमा पारासिटामोल निःशुल्क वितरण गरिएको जनाएको छ । मन्त्रालयले निकालेको विज्ञप्तिमा विभिन्न औषधि तथा भण्डारण केन्द्रहरुमा औषधि भण्डारण गरी राखिएको र आवश्यकता अनुसार आपूर्तिको व्यवस्था मिलाइएको उल्लेख छ ।निजी स्वास्थ्य संस्था, फार्मेसी, औषधि उद्योगलाई पारासिटामोलको उत्पादन र आपूर्ति व...

फेरिंदै छ चोला, हुप्सेकोटको झरना खोला

फेरिंदै छ चोला, हुप्सेकोटको झरना खोला
सालिकराम कोइराला नवलपुर (हुप्सेकोट) ।  वरिपरि शुन्दर हरियाली। बिचमा खोंच र कलकल बगेको झरना। वन पाखामा चरा चुरूङ्गीको चिरबिर चिरबिर। तल समथर फाँट र माथी महाभारत पहाडको श्रृङ्खला। बारीमा कोदो र जुनेलो । कान्लामा बेसार र आलिमा भटमास। झरना नजिकै सानो फुर्के फाँट। त्यहि फाँटमा कौरा नाचेर औधि रमाइलो गर्दै थिए मगरनी ठिटी पर्यटकका माझ। संसारभर ४३औं विश्व पर्यटन दिवस मनाईरहँदा हुप्सेकोट ४ झरना खोलामा पनि उधुम रमाइलो थियो।  "हाहा ‍‍.....बाटोमा घाटो चण्डि माटो, यसै गाउँको देउ देउत...

गैँडाकोट प्रहरीद्धारा लामोदुरीका लागि हिडेका सवारीसाधनको छड्के जाँच

गैँडाकोट प्रहरीद्धारा लामोदुरीका लागि हिडेका सवारीसाधनको छड्के जाँच
गैँडाकोट । विजयादशमीको अवसर पारेर राजधानी उपत्यका सहित विभिन्न जिल्लाहरुबाट नवलपुर हुँदै जाने सवारीसाधनहरुको चेकजाँच तथा अनुगमनलाई प्रहरीले तिव्रता दिएको छ । यसैक्रममा इलाका प्रहरी कार्यालय गैँडाकोटले मंगलवार राजमार्गमा लामो दुरीका लागि छुटेका सवारीसाधनहरुको अनुमगन गरेको छ । लामो दुरीका  लागि छुटेका यात्रुबाहक बसमा दुईजना चालक भए नभएको, यात्रुहरुले सिटमा बसेर यात्रा गरे नगरेको तथा सवारी साधनको अवस्थाको बारेमा प्रहरीले छड्के जाँच गरेको हो ।इलाका प्रहरी कार्यालय गैँडाकोटका प...

गैँडाकोट ४ को सुर्यवंशी होटलबाट ६ जुवाडे पक्राउ (नाम सहित)

गैँडाकोट ४ को सुर्यवंशी होटलबाट ६ जुवाडे पक्राउ (नाम सहित)
गैँडाकोट । नवलपुरको गैँडाकोटमा जुवातास खेलिरहेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । गैँडाकोट नगरपालिका वडा नं. ४ स्थित सुुर्यवंशी होटलमा जुवा खेलिरहेका उनिहरुलाई इलाका प्रहरी कार्यालय गैँडाकोटले नियन्त्रणमा लिएको हो ।उनिहरुको साथबाट तीस हजार २० रुपैँया नगद सहित ३ बुक तास, मकैका दाना (१०० वटा) बरामद गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । पक्राउ पर्नेहरुमा होटल सञ्चालक गैँडाकोट ३ का ४९ वर्षका नर बहादुर आले, खोटाङको हलेसी नगरपालिका घर भै हाल गैँडाकोट १ बस्ने वर्ष ३...

दसैंका यात्रु बोक्ने गाडीलाई रूट परमिट नचाहिने

दसैंका यात्रु बोक्ने गाडीलाई रूट परमिट नचाहिने
काठमाडौं ।  दसैँका लागि घर जान चाहने यात्रुलाई लक्षित गरी सरकारले आजबाट देशभर लागू हुने गरी ‘रुट परमिट’ खुला गरेको छ।दसैँको पूर्णिमा (असोज २३ गते)  सम्मका लागि लागि यात्रु आआफ्नो घर जान र फर्कन सजिलो होस् भनी यो व्यवस्था गरिएको हो।यातायात व्यवस्था विभागले कुनै बाटोको विशेष प्रकृतिका कारण निषेध गरिएका आकार र प्रकारका सवारीसाधनमा भने बन्देज कायम रहने जनाएको छ। दसैँका समयमा बर्सेनि काठमाडौँ उपत्यकाबाट ठूला सङ्ख्यामा यात्रु बाहिरिने गरेका छन्।नेपाल यातायात व्यवसायी राष्ट्रिय म...