×

मध्य नेपाल

कावासोतीमा स्कुल हिडेका १३ वर्षीय बालक हराए

कावासोतीमा स्कुल हिडेका १३ वर्षीय बालक हराए
नवलपुर । नवलपुरको कावासोतीबाट एक बाल हराएका छन् । कावासोती नगरपालिका वडा नं. ५ घर भएका १३ वर्षका आशिष श्रेष्ठ आइतवार विहानदेखि बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार स्थानीय समता बोडिङमा पढ्ने आशिष स्कुल ड्रेस लगाएर लगाएर घरबाट हिडेकै अवस्थामा हराएका हुन् । बेपत्ता भएका बालकको अवस्था यो समाचार तयार पार्दा सम्म अज्ञातनै छ । तपाई पाठकमध्ये कसैले बालकलाइ देख्नु वा भेट्नुु भएमा जिल्ला प्रहरी कार्यालय नवलपुरको मोबाइल नम्बर ९८५७०९०३४४ अथवा आमा राधा श्रेष्ठको ...

पोखरामा महिलामाथि सामूहिक बलात्कार, आठ पक्राउ

पोखरामा महिलामाथि सामूहिक बलात्कार, आठ पक्राउ
कास्की – पोखरामा एक महिलामाथि सामूहिक बलात्कार गरेको आरोपमा आठ जना पक्राउ परेका छन् । गएको १४ गते पोखरा ७ शान्तिनगरबाट कारमा लिफ्ट पाएकी एक महिलामाथि सामूहिक बलात्कार भएको उजुरी परेको कास्की प्रहरीले जनाएको छ । गएको १४ गते बिहान कारमा लिफ्ट दिएकाहरुले कास्कीको माछापुच्छ्रे गाउँपालिका लगेर बलात्कार गरेको भन्दै पीडित महिलाले प्रहरीमा उजुरी दिएकी हुन् । माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ३ मा रहेको एक बङ्गुर फार्ममा लगेर कर्मचारी बस्ने कोठामा ९ जनाले पटक पटक बलात्कार गरेको पीड...

पर्साकी एक महिलाले जन्माइन् तिम्ल्याहा सन्तान

पर्साकी एक महिलाले जन्माइन् तिम्ल्याहा सन्तान
वीरगञ्ज । पर्साकी एक महिलाले तिम्ल्याहा सन्तान जन्माएकी छन् । उनको कोखबाट एकै पटक तीन वटा छोराको जन्म भएको छ ।पर्साको पर्सागढी नगरपलिका वडा नं। ९ बस्ने ललितादेवी थरुनीले तीन सन्तानलाई जन्म दिएकी हुन् ।बिहीबार शल्यक्रिया गरेर उनको तीन वटा बच्चा निकालिएको प्रभु अस्पताल वीरगञ्जले जनाएको छ । प्रभु हस्प्टिलको सञ्चालिका स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा। लक्ष्मी थापा, एनेस्थेसिया तर्फका डा। सन्देश यादव, शिशु तथा बाल रोग विशेषज्ञ डा। नविन झाको टिमले शल्यक्रिया गरेर बच्चा निकालेक...

अखिल नेपाल महिला संघ (क्रान्तिकारी)गैँडाकोटको अध्यक्षमा सुधा रिमाल

अखिल नेपाल महिला संघ (क्रान्तिकारी)गैँडाकोटको अध्यक्षमा सुधा रिमाल
गैँडाकोट । नेकपा माओवादी केन्द्र निकट महिलाहरुको संगठन अखिल नेपाल महिला संघ (क्रान्तिकारी ) गैँडाकोट नगर समितिको अध्यक्षमा सुधा रिमाल चयन हुनुभएको छ ।संगठन अखिल नेपाल महिला संघ (क्रान्तिकारी ) गैँडाकोट नगर समितिको आज सम्पनन प्रथम नगर सम्मेलन रिमालको अध्यक्षतामा ३१ सदस्यीय नगर समिति सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा माया जमरकट्टेल र रुपा सापकोटा, सचिवमा कमला आचार्य (शर्मा), कोषाध्यक्षमा उर्मिला विक र सहसचिवमा अक्सा श्रेष्ठ र उर्मिला कुमाल (गुरुङ ) रहनु भएको छ ।ने...

दार्चुलामा पहिरोमा पुरिएका ५ जनाको शव भेटियो, ७ अझै बेपत्ता

दार्चुलामा पहिरोमा पुरिएका ५ जनाको शव भेटियो, ७ अझै बेपत्ता
धनगढी । दार्चुलामा अविरल वर्षापछि आएको पहिरोमा पुरिएर बेपत्ता भएका पाँच जनाको शव भेटिएको छ ।नौगाड गाउँपालिकामा तीन र महाकाली नगरपालिकामा दुई गरेर पाँच जनाको शव भेटिएको छ भने ७ जना अझै बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दार्चुलाका निमित्त प्रमुख प्रहरी निरीक्षक जगत गाहा मगरले नौगाड गाउँपालिका–२ बस्ने १५ वर्षीया धनुली ठगुन्ना, ३२ वर्षीया जानकी ठगुन्ना र ६८ वर्षीय मोहनराम पार्कीको शव भेटिएको जानकारी दिए ।उनकाअनुसार महाकाली नगरपालिका–१ सल्ला बस्ने ४३ वर्षीया मानम...

सरस्वती निकेतनमा शैक्षिक प्रर्दशनी ( फोटो फिचर )

सरस्वती निकेतनमा शैक्षिक प्रर्दशनी ( फोटो फिचर )
नवलपुर । नवलपुरको गैँडाकोटमा रहेको सरस्वती निकेतन स्कुल अफ साईन्स एण्ड मेनेजमेन्टले शुक्रबार विद्यालयमा एजुकेशन फेयर २०७९ सम्पन्न गरेको छ । नर्सरी देखि कक्षा १२ सम्मका विद्यार्थिहरु शैक्षिक प्रर्दशनीमा सहभागि रहेका थिए । विद्यालयका कक्षा १ का विद्यार्थिहरुले विभिन्न जातजातिका भेषभुषा प्रदर्शन गरेका थिए भने कक्षा ५, ६ र ७ का विद्यार्थीहरुले महिनावारी सम्बन्धि चेतना मूलक नाटक प्रदर्शन गरेको विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक समिर सापकोटाले जानकारी दिनुभयो । सो अवसरमा नवलप...

दार्चुलामा बाढी पहिरोमा परि दुई जनाको मृत्यु, दुई दर्जनबढी घरमा क्षति ५ जना बेपत्ता

दार्चुलामा बाढी पहिरोमा परि दुई जनाको मृत्यु, दुई दर्जनबढी घरमा क्षति ५ जना बेपत्ता
धनगढी ।  दार्चुलामा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ।शुक्रबार रातिदेखि परेको अविरल वर्षाले नौगाड गाउँपालिका– १ सल्ला भन्ने ठाउँमा पहिरोमा परि ३० वर्षीया किम्ती ठगुन्ना र सोही ठाउँकी मोती ठगुन्नाको मृत्यु भएको प्रहरीले जनाएको छ।पहिरोमा नौगाड गाउँपालिका –२ दल्लेखका ६० वर्षीय मोहनराम पार्की बेपत्ता छन्। नौगाडको सल्लामा पहिरोका कारण ८ घर पुरिएका छन्।पहिरो पन्छाउन सुरक्षाकर्मीसहितको टोली अहिले घटनास्थलतर्फ गइरहेको प्रहरीले जनाएको छ।यता दार्चुला सदरमुकामस्थित महाकाली र लास...

दार्चुलाको लास्कुमा आएको बाढीले दर्जन बढी घर बगायो, ११ जना बेपत्ता

दार्चुलाको लास्कुमा आएको बाढीले दर्जन बढी घर बगायो, ११ जना बेपत्ता
काठमाडौं। गएरातीदेखिको अविरल वर्षासँगै आएको बाढीले दार्चुला सदरमुकाम खलङ्गाको बंगाबगड क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ।बाढीका कारण एक दर्जन बढी घरहरू बगेका छन्। यस्तै एउटा झोलुङ्गे पुल र एउटा पक्की पुलसमेत बगाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त प्रमुख एबं प्रहरी निरीक्षक जगत गाहा मगरले जानकारी दिए। हालसम्म ११ जना बेपत्ता भएको उनले जानकारी दिए। हाल पानी पर्न रोकिएपछि उद्धार कार्य जारी रहेको उनले जानकारी दिए। घटनास्थलमा उद्धार कार्यका लागि नेपाली सेना, नेपाल प्...

सन्दीप लामिछाने राष्ट्रिय टिमबाट निलम्बित

सन्दीप लामिछाने राष्ट्रिय टिमबाट निलम्बित
काठमाडौं । नेपाल क्रिकेट संघ क्यान ले राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछानेलाई निलम्बन गरेको छ । उनीविरुद्ध एक किशोरीले बलात्कारको उजुरी दिएकी थिइन् र बिहीबार जिल्ला अदालत काठमाडौंले सन्दीपविरुद्ध पक्राउ पुर्जी पनि जारी गरेको छ । कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लका अनुसार बिहीबार बसेको क्यानको कार्यसम्पादन समितिको बैठकले सन्दीपलाई राष्ट्रिय टिमबाट निलम्बन गर्ने निर्णय गरेको हो । अदालतले पक्राउ पुर्जी जारी गरिसकेका कारण उनलाई निलम्बन गरेको मल्लले बताए ।