×

मध्य नेपाल

निजामती दिवसका अवसरमा महाशिला गाउँपालिकाका १० कर्मचारी सम्मानित

निजामती दिवसका अवसरमा महाशिला गाउँपालिकाका १० कर्मचारी सम्मानित
पर्वत । १९ औं निजामती सेवा दिवसका अवसरमा पर्वतको महाशिला गाउँपालिकाले गाउँपालिका कार्यालय, वडा कार्यालय र स्वास्थ्य संस्थामा कार्यरत १० जना कर्मचारीलाई उत्कृष्ट कर्मचारीको रुपमा सम्मान गरेको हो । गाउँपालिका कार्यालय,  वडा कार्यालय र  स्वास्थ्य संस्थामा कार्यरत १० कर्मचारीहरुलाई नगद ५ हजार रुपैँया र प्रमाणपत्रले सम्मान गरिएको महाशिला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद पराजुलीले जानकारी दिनुभयो । गाउँपालिकाका अध्यक्ष ईश्वरीप्रसाद भूसाल र प्रमुख प्रशासकीय अधिकृ...

‘सन्दीप लामिछानेले भक्तपुरमा घुमाए, राति काठमाडौं ल्याएर बलात्कार गरे’

‘सन्दीप लामिछानेले भक्तपुरमा घुमाए, राति काठमाडौं ल्याएर बलात्कार गरे’
काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसूरमा प्रहरीसमक्ष किटानी दर्ता भएको छ ।प्रहरी वृत्त गौशालामा बुधबार लामिछानेविरुद्ध किटानी जाहेरी दर्ता भएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख भरतबहादुर बोहोराले बताए । आफ्ना एक साथीसँग गौशाला पुगेकी पीडितले आफूलाई कप्तान लामिछानेले दुईपटक बलात्कार गरेको गौशालाका प्रहरीसमक्ष बताएकी थिइन् । प्रहरीका अनुसार उनको उमेर १७ वर्षको छ । त्यसपछि गौशाला प्रहरीले काठमाडौं प्रहरी प्रमुख बोहोरा...

नवलपुरमा भारी वर्षा, सतर्कता अपनाउन अनुरोध

नवलपुरमा भारी वर्षा, सतर्कता अपनाउन अनुरोध
नवलपुर । नवलपुरका केही स्थानमा पछिल्लो केही घण्टा भारी वर्षा भएकोले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । महाशाखाका अनुसार नवलपुरकाे दुम्कौली, डण्डा, अरुण खोला र आसपासका क्षेत्रमा पछिल्लो तीन घण्टामा भारी वर्षा भएको छ । ती क्षेत्र भई बहने स–साना नदीहरुमा बहाव बढ्ने हुँदा यात्रामा निस्कनेहरुले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । नवलपुरकाे  दुम्कौली, डण्डा, अरुण खोला र आसपासको क्षेत्रमा पछिल्लो तीन घण्टामा भारी वर्षा भएको र सो क्षेत्र भई ...

यौन दुर्व्यवहारको गरेको आरोपमा सन्दिप लामिछाने विरुद्ध उजुरी

यौन दुर्व्यवहारको गरेको आरोपमा सन्दिप लामिछाने विरुद्ध उजुरी
काठमाडौं । नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध प्रहरीमा उजुरी परेको छ । जिल्ला प्रहरी कार्यालय, टेकुमा मंगलबार साँझ यौन दुर्व्यवहारको गरेको आरोपसहित किटानी जाहेरी परेको हो । प्रहरी उच्च स्रोतले लामिछानेविरुद्ध उजुरी परेको पुष्टि गरेको छ, तर थप बताएको छैन ।

अभिनेता पल शाह उच्च अदालत जाने

अभिनेता पल शाह उच्च अदालत जाने
नवलपुर । जिल्ला अदालतले जेल सजाय सुनाएका अभिनेता पल साह उक्त निर्णयविरुद्ध उच्च अदालत जाने भएका छन्। जिल्ला अदालत नवलपरासीले आज उनलाई अढाई वर्ष जेल सजायसहित क्षतिपूर्तिको फैसला गरेको थियाे। मंगलबार जिल्ला अदालतका न्यायाधीशले साहविरुद्ध बलात्कार प्रमाणित नहुने तर बाल यौन दुरुपयोगको ठहर भएको भन्दै अढाई वर्ष सजाय र २५ हजार जरिवाना तथा पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला सुनाएको थियो। उनका वकिल कमला मोहन वाग्लेले उच्च अदालत जाने बताए। जिल्ला अदालतको फैसला गल...

नयाँ वर्ष मनाउँदै चेपाङ समुदाय,भोलि चितवन लगायत ३ जिल्लामा सार्वजनिक विदा

नयाँ वर्ष मनाउँदै चेपाङ समुदाय,भोलि चितवन लगायत ३ जिल्लामा सार्वजनिक विदा
चितवन । लोपोन्मुख चेपाङ (प्रजा)  समुदायले नयाँ वर्ष (न्वागी) मनाउँदै छन् । हरेक वर्ष मध्य भदौमा यो समुदायले पर्व मनाउने गर्दछ । उनीहरुले यस पर्वलाई छोनाम पनि भन्ने गर्दछ ।यसवर्ष भदौ २२ गते उक्त पर्व मनाइँदै छ । संविधानसभा सदस्य तथा नेपाल चेपाङ सङ्घका पूर्वकेन्द्रीय सदस्य गोविन्दराम चेपाङले चेपाङको यो सामुदायिक सांस्कृतिक पर्व भएको बताउनुभयो । उहाँले भन्नुभयो “यो हाम्रो नयाँ वर्ष हो । यस दिन पान्दे झाँक्री बोलाएर पूजा गरी कन्दमूल, फलफूल, तरकारी, घैया धानआदि खाने गरिन्छ ।” यसै ...

पर्यटनमन्त्रीले थुनाएका सुरक्षा गार्ड गुरुङ थुनामुक्त

पर्यटनमन्त्रीले थुनाएका सुरक्षा गार्ड गुरुङ थुनामुक्त
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठलाई लाइनमा बस्न भन्दा पक्राउ परेका सुरक्षागार्ड शेरजंग गुरुङ थुनामुक्त भएका छन् । सोमबार अपराह्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले गुरुङलाई साधारण तारेखमा छाड्न आदेश दिएको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले  बताए । उनले भने, ‘जिल्ला सरकारी वकिलको कार्यालयबाट आएको प्रतिवेदनका आधारमा हेरेर साधारण तारेखमा छाड्न आदेश दिएको छु ।’ लगत्तै उनलाई थुनामुक्त गरिएको छ । गृहमन्त्री बालकृष्ण खाणले उनलाई छाड्न भन...

पर्यटनमन्त्रीले थुनाएका सुरक्षा गार्ड गुरुङलाई रिहा गर्न गृहमन्त्रीको निर्देशन

पर्यटनमन्त्रीले थुनाएका सुरक्षा गार्ड गुरुङलाई रिहा गर्न गृहमन्त्रीको निर्देशन
काठमाडौं । पर्यटनमन्त्री जीवनराम श्रेष्ठलाई लाइन बस्नु भनेका कारण थुनामा परेका गरूड सेक्युरिटिजका सुरक्षा गार्ड शेरजंग गुरूङलाई रिहा गर्न गृहमन्त्री बालकृष्ण खाणले निर्देशन दिएका छन् ।गृहमन्त्री खाणले सोमबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललाई प्रक्रिया पुर्‍याएर सुरक्षा गार्ड गुरूङलाई रिहा गर्न निर्देशन दिएका हुन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठलाई दुर्व्यवहार गरेको आरोपमा ठमेलस्थित छाया सेन्टरमा रहेको भीएफएसका सुरक्षा गार्ड गुरू...

दुई दिनभित्र सिट बाँडफाँट टुंग्याउने तयारी

दुई दिनभित्र सिट बाँडफाँट टुंग्याउने तयारी
काठमाडौं ।  सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक बालुवाटारमा आज पनि बस्दैछ। सोमबार दिउँसो १ बजे कार्यदल बैठक बस्ने सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।आइतबार पनि सत्ता गठबन्धन र कार्यदलको बैठक बसेको थियो। तर ठोस सहमतिमा पुग्न सकेन। कार्कीका अनुसार अझै केही दिन सिट बाँडफाँटबारे छलफल गर्नुपर्ने देखिएको छ।प्रतिनिधि सभा र प्रदेश सभा क्षेत्रमा कहाँ कुन दलबाट उम्मेदवारी दिने भन्नेबारे बैठकमा छलफल भइरहेका छन्। आफूले दाबी गरेकोभन्दा सिट संख्या घट्नुपर्ने...