पर्वत । १९ औं निजामती सेवा दिवसका अवसरमा पर्वतको महाशिला गाउँपालिकाले गाउँपालिका कार्यालय, वडा कार्यालय र स्वास्थ्य संस्थामा कार्यरत १० जना कर्मचारीलाई उत्कृष्ट कर्मचारीको रुपमा सम्मान गरेको हो ।

गाउँपालिका कार्यालय,  वडा कार्यालय र  स्वास्थ्य संस्थामा कार्यरत १० कर्मचारीहरुलाई नगद ५ हजार रुपैँया र प्रमाणपत्रले सम्मान गरिएको महाशिला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद पराजुलीले जानकारी दिनुभयो ।

गाउँपालिकाका अध्यक्ष ईश्वरीप्रसाद भूसाल र प्रमुख प्रशासकीय अधिकृत पराजुलीले संयुक्त रुपमा कर्मचारीहरुलाई पुरस्कार प्रदान गर्नुका साथै सम्मान गर्नुभएको हो ।

तपाईको प्रतिक्रिया