
गैँडाकोट । नेकपा माओवादी केन्द्र निकट महिलाहरुको संगठन अखिल नेपाल महिला संघ (क्रान्तिकारी ) गैँडाकोट नगर समितिको अध्यक्षमा सुधा रिमाल चयन हुनुभएको छ ।संगठन अखिल नेपाल महिला संघ (क्रान्तिकारी ) गैँडाकोट नगर समितिको आज सम्पनन प्रथम नगर सम्मेलन रिमालको अध्यक्षतामा ३१ सदस्यीय नगर समिति सर्वसम्मत चयन गरेको हो ।
समितिको उपाध्यक्षमा माया जमरकट्टेल र रुपा सापकोटा, सचिवमा कमला आचार्य (शर्मा), कोषाध्यक्षमा उर्मिला विक र सहसचिवमा अक्सा श्रेष्ठ र उर्मिला कुमाल (गुरुङ ) रहनु भएको छ ।नेकपा माओवादी केन्द्र नवलपुरका अध्यक्ष तथा केन्द्रीय सदस्य धनप्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा भएको सम्मेलनको उद्घाटनशत्रको अध्यक्षता अम्बिका सापकोटा (कंडेल) ले गर्नुभएको थियो ।