×

मध्य नेपाल

नवलपुर २ बाट एमाले नेता तिलक महतकाे एकल नाम सिफारिस

नवलपुर २ बाट एमाले नेता तिलक महतकाे एकल नाम सिफारिस
कावासोती। मंसिरमा हुने निर्वाचनका लागि एमाले नवलपुरले आज आकाङ्क्षीहरुको नामावली संकलन तथा सिफारिस गरेको छ । संघ र प्रदेशका लागि मातहतका समितिले नामावली संकलन गरि जिल्ला कमिटीलाई सिफारिस गरेको हो । जस अनुसार नवलपुर २ को संघमा तिलक महतको एकल नाम सिफारिस भएको हो । प्रत्येक्ष तर्फ तिलक महतको नाम सर्वसम्मत रुपमा जिल्ला कमिटीमा सिफारिस भएको हो ।एमाले केन्द्रीय सदस्य ,जिल्ला ईन्चार्ज महत वर्तमान सांसद समेत रहनुभएको छ ।

आज गौरा  पर्व : धुमधामका साथ मनाइँदै

आज गौरा  पर्व : धुमधामका साथ मनाइँदै
काठमाण्डौ – सुदूरपश्चिम र मध्यपश्चिममा आज उज्याली गौरा एवं दुर्वाष्टमी पर्व मनाइँदैछ । भाद्र शुक्ल अष्टमीका दिन मनाइने पर्वमा उमा महेश्वरसहित दुबोको पूजा गरिन्छ । भाद्र शुक्ल अष्टमीमा मनाइने गौरालाई उज्याली र कृष्ण अष्टमीमा मनाइने गौरालाई अँध्यारी भन्ने गरिन्छ । पहिलो पटक व्रत बस्नेले भाद्र शुक्ल अष्टमी अर्थात् उज्याली गौराबाटै सुरु गर्नुपर्ने व्रत विधानमा उल्लेख छ । गौरालाई सुदूरपश्चिम र मध्यपश्चिम क्षेत्रमा ऐतिहासिक मौलिक पर्वका रूपमा लिने गरिन्छ । काठमाण्डौसहित मुख्य शह...

नवलपुर १(क) मा काँग्रेसबाट २७ जना आंकाक्षीको आवेदन

नवलपुर १(क) मा काँग्रेसबाट २७ जना आंकाक्षीको आवेदन
नवलपुर । नवलपुर निर्वाचन क्षेत्र नं। १ (क) को निर्वाचनमा प्रत्यक्ष र समानुपातिकतर्फ काँग्रेसबाट २७ जनाले उम्मेद्वारीका लागि आवेदन दिएका छन् । नेपाली काँग्रेस प्रदेश सभा क्षेत्रीय समिति नवलपुर १ (क)  का सचिव परमेश आचार्यका अनुसार आज पहिलो दिन प्रत्यक्ष तर्फ १२ जना र समानुपातिक तर्फ १५ जनाको उम्मेद्वारी परेको छ । प्रत्यक्ष तर्फ काँग्रेसका नेताहरु कमलप्रसाद पराजुली, लक्ष्मी अधिकारी, खगराज सापकोटा, तुलसीराम गौतम, गजेन्द्रबहादुर आले, गोकुल सापकोटा, ओमप्रसाद सापकोटा, रविलाल सापक...

नारायणगढ – मुग्लिन सडकखण्ड खुल्यो, गाडीहरु गन्तव्यमा लाग्दै

नारायणगढ – मुग्लिन सडकखण्ड खुल्यो, गाडीहरु गन्तव्यमा लाग्दै
चितवन । विहान ६ वजेदेखि अवरुद्ध नारायणगढ- मुग्लिन सडक खण्ड संचालनमा आएको छ । दिउसो  २ : ३०  वजेदेखि अवरुद्ध सडक संचालनमा आएको चितवन प्रहरीले जनाएको छ । भरतपुर महानगरपालिका वडा नं. २९ स्थित केराबारीमा लेदो सहितको पहिरो गएपछि सडक अवरुद्ध भएको थियो । सडक अवरुद्ध हुँदा लामो समय यात्रुहरुले सास्ती पाएका थिए ।

कावासोतीको गैँडा तालमा डुवेर एक युवतीको मृत्यु

कावासोतीको गैँडा तालमा डुवेर एक युवतीको मृत्यु
नवलपुर । नवलपुरमा तालमा डुबेर एक महिलाको मृत्यु भएको छ । कावासोती नगरपालिका वडा नं. ८ मा रहेको गैँडा तालमा डुवेर २० वर्षिया शिला घिमिरेको ज्यान गएको प्रहरीले जनाएको छ । मृतककाे घर  कावासोती नगरपालिका वडा नं. ८ शान्ति टोल रहेकाे नवलपुर प्रहरीले जनाएकाे छ । हिजाे राति १० बजे घरबाट हिडेकी उनकाे शव आज विहान तालमा मृत अवस्थामा फेला परेकाे हाे । उनले किन आत्महत्या गरिन् भन्ने बारेमा केहि खुलेकाे छैन ।  घटनाका सम्वन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएकाे छ ।

जनता समाजवादी पार्टी, नेपालको बागमती प्रदेश समिति पुनर्गठन

जनता समाजवादी पार्टी, नेपालको बागमती प्रदेश समिति पुनर्गठन
काठमान्डौ । जनता समाजवादी पार्टी, नेपालको बागमती प्रदेश समिति पुनर्गठन भएको छ । बुधबार काठमाण्डौको नेपाः व्याङ्क्वेटमा आयोजित कार्यक्रमबाट जय गोलेको अध्यक्षतामा ८७ सदस्यीय समिति घोषणा गरिएको हो । समितिको उपाध्यक्षमा कृष्णभक्त डंगोल, जिमी लामा, प्रतिमा शाही, विकास तामाङ ब्लोन, राजु महर्जन र राजकुमार गिरी रहेका छन् । समितिको मुख्य सचिवमा इश्वर राउत, सचिवहरुमा अजय निराला, अर्जुन कुँवर, दावाछिरी शेर्पा, प्रेम वाइव र लक्ष्मी थापा रहेका छन् । कार्यक्रमको प्रमुख अतिथिमा पार्टी...

चितवनको राप्ती–४ मा १८ बर्ष मुनिका बालबालिकालाई सुर्तीजन्य तथा मादक पदार्थ बेच्न नपाइने 

चितवनको राप्ती–४ मा १८ बर्ष मुनिका बालबालिकालाई सुर्तीजन्य तथा मादक पदार्थ बेच्न नपाइने 
चितवन ।  चितवनको राप्ती नगरपालिका वडा नम्बर ४ ले वडामा किशोरकिशोरी र बालबालिकालाई सुर्तीजन्य तथा मादक पदार्थ बिक्री वितरण गर्न रोक लगाएको छ ।बुधबार बसेको वडा प्रतिनिधि, सर्वदलीय प्रतिनिधि, संघसंस्था तथा बुद्धिजीवीहरुको सर्वपक्षीय बैठकले सो निर्णय गरेको हो । बैठकले वडाभित्र सञ्चालित होटल तथा किराना पसल व्यवसायीले वडाको निर्णय कडाइका साथ पालना गर्न निर्देशन गरेको छ । निर्णय अवज्ञा गरे कारबाही गरिने समेत बैठकमार्फत् चेतावनी दिइएको छ । वडा अध्यक्ष केदार आचार्यले बालबालिका र...

काँग्रेस नवलपुर क्षेत्रीय समितिले भन्यो : उमेदवार बन्न इच्छुकले भोलि नाम टिपाउनू

काँग्रेस नवलपुर क्षेत्रीय समितिले भन्यो : उमेदवार बन्न इच्छुकले भोलि नाम टिपाउनू
नवलपुर । नेपाली काँग्रेस क्षेत्रीय समिति नवलपुरले मंसीर ४ गतेको लागि तय भएको संघीय निर्वाचनमा उमेदवार हुन ईच्छुक नेतालाई नाम टिपाउन आग्रह गरेको छ । नवलपुर क्षेत्र नं. १ अन्तर्गत पार्टिको तर्फबाट प्रत्यक्ष र समानुपातिक सांसद पदका लागि उमेदवार हुन इच्छुक सबैले भोलि विहान ११ वजेदेखि दिउसो ४ वजेसम्म नाम टिपाउन भनिएको छ । काँग्रेस क्षेत्रीय सभापति अमृत भट्टचनद्धारा जारी सूचनामा क्षेत्रीय कार्यालय रजहरमा उपस्थित भै नाम टिपाउन सकिने छ । हालसम्म नवलपुर क्षेत्र नं. १ मा विपी पुत्र ...

गाडी, मोटरसाइकल, मोबाइल र मदिरा आयात प्रतिबन्ध २८ असोजसम्म थप

गाडी, मोटरसाइकल, मोबाइल र मदिरा आयात प्रतिबन्ध २८ असोजसम्म थप
काटठमाडौं । सरकारले महँगा गाडी, मोबाइल, मदिरा र मोटरसाइकलको आयात प्रतिबन्ध २८ असोज सम्म थप गरेको छ ।सरकारले १३ वैशाखमा राजपत्रमा सूचना निकालेर १० वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो । प्रतिबन्ध लगाएकामध्ये ६ वटा वस्तुको आयात प्रतिबन्ध हटाउँदै ४ वस्तुमा भने सरकारले प्रतिबन्ध याथावत राखको छ । उद्योग, वााणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिसमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कुर्कुरे, कुर्मुरे, लेज र यस्तै उत्पादन, चुरोट तथा सुर्तीजन्य वस्तु, हिरा, रंगिन टेलिभिजन (३२ इन्चभ...