×

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठलाई लाइनमा बस्न भन्दा पक्राउ परेका सुरक्षागार्ड शेरजंग गुरुङ थुनामुक्त भएका छन् ।

सोमबार अपराह्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले गुरुङलाई साधारण तारेखमा छाड्न आदेश दिएको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले  बताए । उनले भने, ‘जिल्ला सरकारी वकिलको कार्यालयबाट आएको प्रतिवेदनका आधारमा हेरेर साधारण तारेखमा छाड्न आदेश दिएको छु ।’

लगत्तै उनलाई थुनामुक्त गरिएको छ । गृहमन्त्री बालकृष्ण खाणले उनलाई छाड्न भन्दै प्रजिअ रिजाललाई निर्देशन दिएका थिए । गृहमन्त्रीको सचिवालयबाट यसबारे सूचना सार्वजनिक भएलगत्तै पर्यटन मन्त्रालयले पनि विज्ञप्ति जारी गरेर उनलाई छाड्न भन्दै पर्यटनमन्त्रीले गृहमन्त्रीलाई भनेको बताएको थियो ।

शुक्रबार पक्राउ परेका गुरुङलाई हिरासतमा राख्न प्रहरीले ५ दिनको अनुमति लिएको थियो । तर सुरक्षागार्डले कर्तव्य पालना गर्दा उल्टै थुनाएको भन्दै चौतर्फी आलोचना भएको थियो ।

 

तपाईको प्रतिक्रिया