×

मध्य नेपाल

महोत्तरी १ मा गिरिराजमणिलाई हराउँदै एमालेका लझ्मी महतो निर्वाचित

महोत्तरी १ मा गिरिराजमणिलाई हराउँदै एमालेका लझ्मी महतो निर्वाचित
काठमाडौं । महोत्तरीको निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एमालेका लक्ष्मी महतो कोइरी निर्वाचित भएका छन् ।महतोले नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्वमन्त्री गिरिराजमणि पोखरेललाई पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । महतोले २२ हजार ४०२ मत ल्याएर विजयी हुँदा पोखरेलले २२ हजार ३७२ मत पाए । यस्तै, स्वतन्त्र उम्मेदवार पोषणबहादुर थापाले ७ हजार ८१२, जनमत पार्टीका राजकिशोर साहले तीन हजार ५९८, राष्ट्रिय स्वतन्त्र पार्टीकी खेमकुमारी भुर्तेलले दुई हजार ६४ मत पाइ...

लागुऔषधसहित २ जना चितवन प्रहरीको नियन्त्रणमा

लागुऔषधसहित २ जना चितवन प्रहरीको नियन्त्रणमा
चितवन । पूर्वी चितवनको राप्ती नगरपालिका–१ लोथरस्थित पूर्व–पश्चिम राजमार्गबाट लागुऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बाडा परेउवा–१ का २८ वर्षीय राहुल शर्मा र २९ वर्षीय अजित कुमार साह रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । मंसिर ७ गते विशेष सूचनाको आधारमा मकवानपुरबाट चितवनतर्फ आउँदै गरेको ना ५७ प २४६४ नम्बरको मोटरसाईकल रोकी चेकजाँच गर्दा लागुऔषध डाईजेपाम ५४८ एमपुल, फेनारगन ५५० एमपुल र नोफिन ५५० एमपुल फेला परेको चितवन प्रहरीका प...

नवलपुर १ बाट शंसाक काेइराला चाैथाे पटक निर्वाचित

नवलपुर १ बाट शंसाक काेइराला चाैथाे पटक निर्वाचित
गैँडाकाेट । नवलपुर निर्वाचन क्षेत्र नं‍. १ बाट नेपाली काँग्रेसका नेता डा. शसांक काेइराला विजयी भएका छन् । निकटतम प्रतिद्धन्दी नेकपा एमालेका कृष्ण पाैडेललाई पराजित गर्दै उनि विजयी भएका हुन् । काेइरालाले नवलपुर १ जित हाँसिल गरेकाे याे चौथाे पटक हाे ।

रवि लामिछाने ३४ हजारको विशाल मतान्तरसहित चितवन २ बाट विजयी

रवि लामिछाने ३४ हजारको विशाल मतान्तरसहित चितवन २ बाट विजयी
चितवन। चितवन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ३४ हजार १६२ मतान्तरले विजयी भएका छन् । अन्तिम गणनामा उनले ४९ हजार २६१ मत पाएर बिजयी हुँदा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेश श्रेष्ठले १५ हजार ९९ मत पाएका छन् भने एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६४९ मत पाएका छन् ।

उपेन्द्र यादवलाई १८ हजार मतान्तरले हराउँदै सीके राउत विजयी

उपेन्द्र यादवलाई १८ हजार मतान्तरले हराउँदै सीके राउत विजयी
जनकपुरधाम ।  सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष सिके राउत भारी मतान्तरले विजयी भएका छन्।जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई दोब्बर मतान्तरले हराउँदै राउत निर्वाचित भएका हुन्। राउतले ३५०४२ मत पाए भने यादवले १६९७९ मत ल्याए। यो क्षेत्रका दुबै प्रदेश सभा पनि जनमत पार्टीले जितेको छ।

चितवन ३ मा राप्रपाका पाण्डेको अग्रता, कमजाेर क्षेत्रमै पाण्डे हावी

चितवन ३ मा राप्रपाका पाण्डेको अग्रता, कमजाेर क्षेत्रमै पाण्डे हावी
चितवन–चितवन क्षेत्र नं ३ मा मतगणना जारी छ । पछिल्लो मतपरिणाम अनुसार राप्रपाका विक्रम पाण्डेले अग्रता लिएका छन् ।राप्रपाकाे कमजाेर क्षेत्रमै पाण्डे हावी देखिएका छन् ।  पाण्डेले ३ हजार ८७ मत प्राप्त गर्दा माओवादी केन्द्रका डा भोजराज अधिकारी २८ सय ४१ मत ल्याएर पछ्याइहेका छन् । माछा चुनाव चिह्न पाएका स्वतन्त्र उमेदवार दिनेश कोइराला चौँथो स्थानमा छन् । राष्ट्रिय स्वतन्त्र पार्टीकी जिता बरालले २७ सय २० मत पाउँदा कोइरालाले २५ सय ५७ मत ल्याएका छन् ।  

चितवन २ मा ३०० मत गन्दा एमालेका पोखरेलको १५० लामिछानेको २५

चितवन २ मा ३०० मत गन्दा एमालेका पोखरेलको १५० लामिछानेको २५
भरतपुर । चितवन निर्वाचन क्षेत्र नं. ३ मा नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले आफ्नो अग्रता बढाउदै लगेका छन् । सो क्षेत्रको हालसम्म ३०० मत गणना भैसक्दा एमाले उम्मेदवार पोखरेलले १५० मत प्राप्त गरेका छन् । त्यसैगरी गठबन्धनका तर्फबाट उम्मेदवार बनेका उमेश श्रेष्ठले ९७ र राष्टिय स्वतन्त्र पार्टीका रवि लामिछानले २५ मत प्राप्त गरेको मतगणनास्थलबाट हाम्रा सहकर्मीले जनाएका छन् ।

नवलपुरमा ६६ प्रतिशत मतदान, मतगणना भाेलि साँझदेखि हुने

नवलपुरमा ६६ प्रतिशत मतदान, मतगणना भाेलि साँझदेखि हुने
नवलपुर । प्रतिनिधिसभा र प्रदेशसभाको आज भएको निर्वाचनमा नवलपुरमा ६६ दशमलब ४९ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालय नवलपुरका प्रमुख लालप्रसाद शर्मा भुसालका अनुसार जिल्लामा ६६ दशमलब ४९ प्रतिशत मत खसेको हो ।महिला ९६ हजार ६८० , पुरुष ७६ हजार ५०० र अन्य १ गरि कुल १ लाख ७३ हजार १८१ मत खसेको उहाँले बताउनुभयो । जिल्लाका १ सय १३ मतदान स्थलमा रहेका ३ सय २ मतदान केन्द्र मध्य देवचुली –४ ,मा रहेको मतदान केन्द्रमा मतपेटीकामा आगजनीको घटना भएको छ । यस बाहेकका अन्य स्थानमा शान्तीपूर...

प्रचण्ड उठेकाे गोरखामा सीसीटीभी र तारजालीसहित मतगणनास्थल तयार

प्रचण्ड उठेकाे गोरखामा सीसीटीभी र तारजालीसहित मतगणनास्थल तयार
गोरखा । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनपछि मतगणनाका लागि गोरखामा मतगणना स्थल तयार भएको छ ।गोरखा–१ को जिल्ला समन्वय समितिको भवन र गोरखा–२ को गोरखा नगरपालिका–९ दलभन्ज्याङ स्थित भू तथा जलाधार व्यवस्थापन कार्यालयको भवनमा मतगणना हुनेछ । सम्बन्धित क्षेत्रको मतदान अधिकृतको कार्यालय रहेको भवनमा मतगणनास्थल बनाइएको हो । मतगणना स्थलमा तारजालीसहित सीसीटीभी समेत जडान गरिएको गोरखा–२ का निर्वाचन अधिकृत नारदप्रसाद भट्टराईले बताए । ‘मतगणना स्थल तयार भइसक्यो’, उनले भने,...