×

मध्य नेपाल

भूमि आयोगले भन्यो- काठमाडौंलगायत ठाउँका सुकुम्बासीलाई अहिले नहटाऊ

भूमि आयोगले भन्यो- काठमाडौंलगायत ठाउँका सुकुम्बासीलाई अहिले नहटाऊ
काठमाडौं ।  राष्ट्रिय भूमि आयोगले काठमाडौंलगायत ठाउँमा रहेका सुकुम्बासीलाई अहिले नै नहटाउन आग्रह गरेको छ।आयोगले आज गोरखापत्रमा सूचना निकालेर काठमाडौं महानगरसहित सम्पूर्ण स्थानीय तहहरू र सबै सरकारी तथा गैरसरकारी निकायलाई कुनै पनि स्थानका सुकुम्बासीलाई अहिले नै नहटाउन भनेको छ। ‘कुनै पनि स्थानका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूका बस्ती हटाउने र उनीहरू असुरक्षित हुने गरी कुनै पनि कार्य नगर्नरनगराउन यो सूचना प्रकाशित गरिएको छ,’ आयोगको ताहाचल कार्यालयले ज...

१५२ यात्रु बोकेको नेपाल एयरलाइन्सको जहाज बंगलादेशमा आकस्मिक अवतरण

१५२ यात्रु बोकेको नेपाल एयरलाइन्सको जहाज बंगलादेशमा आकस्मिक अवतरण
काठमाडौं । काठमाडौंबाट थाइल्याण्डको बैंककका लागि उडेको नेपाल एयरलाइन्सको जहाजलाई बंगलादेशमा आकस्मिक अवतरण गराइएको छ ।नेपाल एयरलाइन्सका अनुसार इण्डिकेटरले कार्गो कम्पार्टमेन्टमा धुवाँ देखिएको संकेत गरेपछि नेपाल एयरलाइन्सको न्यारोबडी जहाज बंगलादेशको चटगाउँ अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गराइएको हो । आरए ४०१ उडान नम्बर रहेको ए ३२० जहाजको कार्गोमा रहेको सामान झारेर जहाजलाई पुनः बैंकक उडाउने तयारी भइरहेको एयरलाइन्सको भनाइ छ ।‘इण्डिकेटरले संकेत गरेपनि अवतरणपछि चेकजाँच गर्दा कु...

किसान बचत तथा ऋण सहकारी संस्था एकाई २ को २७ औं साधारणसभा सम्पन्न

किसान बचत तथा ऋण सहकारी संस्था एकाई २ को २७ औं साधारणसभा सम्पन्न
गैंडाकोट। किसान बचत तथा ऋण सहकारी संस्था एकाई २ को २७ औं साधारणसभा सम्पन्न भएको छ । किसान साकोसको कावासोती, संवृद्धि डण्डा, कुनाको, पञ्चवटी, अरुणखोला, दुम्कीवास, भविष्यनिर्माण, पिठौली र विष्णुनगर सेवाकेन्द्र अन्तर्गत एकाई २ अन्तर्गतको साधारण सभा संस्थाका अध्यक्ष  श्रीहरि चालिसेको अध्यक्षतामा सम्पन्न भएकाे हाे । यसै आर्थिक बर्षमा दिगंवत हुनुभएका संस्थाकाे सञ्चालक समितिका सचिव  अनिल सापकोटा र प्रमुख कार्यकारी अधिकृत  गणेश शर्मा पौडेल प्रति श्रद्धाञ्जली दिएर सुरू गरिएको २७ औं...

सुनसरीमा एमालेको विजय जुलुसमा झडप, १२ जना घाइते

सुनसरीमा एमालेको विजय जुलुसमा झडप, १२ जना घाइते
सुनसरी – सुनसरीमा नेकपा एमालेले विजय जुलुस निकाल्ने क्रममा दुई पक्षबीच झडप भएको छ । सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी भगवती चौधरीको विजयी र्‍यालीमा एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप भएको हो । दुहबी नगरपालिका वडा नम्बर ९ का वडाध्यक्षको घर नजिक विजय र्‍यालीमा अबिर लगाउने क्रममा कांग्रेसका कार्यकर्तालाई लागेर विवाद हुँदा झडप भएको सुनसरी प्रहरीले जनाएको छ । झडपका क्रममा दुई पक्षकै गरेर १२ जनाभन्दा बढी घाइते भएका छन् । घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइर...

विजय गच्छदारलाई हराउदै सुनसरीमा भगवती चौधरी विजयी

विजय गच्छदारलाई हराउदै सुनसरीमा भगवती चौधरी विजयी
सुनसरी । सुनसरी क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी भगवती चौधरी निर्वाचित भएकी छिन् ।उनले ४० हजार ७८८ मत पाइन् । उनका निकटम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विजयकुमार गच्छदारले ३५ हजार ६०० मत पाए । यो हारसँगै संसदीय राजनीतिका अनुभवी खेलाडी विजयकुमार गच्छदार पहिलो पटक संसद पुग्न असफल भएका छन् ।०४८ यताका सबै संसदमा निर्वाचित भएर सक्रिय भूमिकामा रहेका गच्छदार आउने प्रतिनिधिसभामा बहने देखिने छैनन् । एमाले नेतृ भगवती चौधरीलाई पछिल्लो दुई निर्वाचनमा झिनो मतले पराजित गरेका गच्छद...

जाडोमा नुहाउँदा यी कुरामा ध्यान दिनुहोस्, जान्नैपर्ने यी ५ कुराहरू !

जाडोमा नुहाउँदा यी कुरामा ध्यान दिनुहोस्, जान्नैपर्ने यी ५ कुराहरू !
काठमाडौं । जाडो सुरु भएको छ र जाडोमा नुहाउने तरिकाबारे हामी सबैलाई थाहा हुनुपर्छ । जाडो सुरु हुनासाथ मानिसहरु नुहाउने कुरामा डराउन थाल्छन् । यहीँ डरका कारण मानिसहरु जाडोमा हप्ताको ३–४ दिन मात्रै नुहाउने गर्छन् । कतिपयले हप्तामा एकपटक मात्र नुहाउने गर्छन् । जाडो होस् या गर्मी सबैले दिनहुँ नुहाउनुपर्छ ।किनभने दिनभर काम गर्दा शरीरमा धुलो र फोहोर जम्मा हुन्छ, जसकारण हाम्रो शरीरको बाहिरी छालामा रहेका छिद्रहरू बन्द हुन्छन् । शरीरमा पाइने अत्यधिक गर्मी र विषाक्त तत्व छालामा रहेको...

धनुषा-४ मा एमालेका रघुवीर महासेठ विजयी

धनुषा-४ मा एमालेका रघुवीर महासेठ विजयी
जनकपुरधाम ।  धनुषा क्षेत्र नम्बर ४ मा नेकपा एमालेका उम्मेदवार रघुवीर महासेठ विजयी भएका छन्।उनले नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवलाई हराएका हुन्। रघुवीरले ३२ हजार तीन सय ३६ मत ल्याएका छन् भने कांग्रेस सहमहामन्त्रीसमेत रहेका महेन्द्रले ३२ हजार एक सय १२ मत मात्रै ल्याएका छन्। २०७४ को चुनावमा पनि यो क्षेत्रबाट रघुवीरले महेन्द्रलाई हराएका थिए।

सुनसरी-४ मा रोकिएको मतगणना सुरु गर्न निर्वाचन आयोगको निर्देशन

सुनसरी-४ मा रोकिएको मतगणना सुरु गर्न निर्वाचन आयोगको निर्देशन
सुनसरी । सुनसरी-४ मा स्थगित मतगणना सुरु गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ ।सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पुनः मत गणना गर्न आयोग समक्ष निवेदन दिएका थिए । तर आयोगले मन्त्री कार्कीको माग अस्वीकार गर्दै मतगणनालाई निरन्तरता दिन निर्देशन दिएको निर्वाचन कार्यलयका सहायक-निर्वाचन अधिकृत मोहनबहादुर अधिकारीले जानकारी दिए । आइतबारदेखि यहाँको मतगणना रोकिएको थियो । बराहक्षेत्र ८ को मतगणना हुँदै गर्दा ब्यालेटभित्र नभएको ६ सय मत नेकपा एमाललेको पक्षमा जोडिए...

कठिन संघर्षमा सुवास नेम्वाङको जित

कठिन संघर्षमा सुवास नेम्वाङको जित
इलाम । मतगणनाको अन्तिमतिर निकै कठिन संघर्षमा नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवास नेम्वाङ गठबन्धनका उम्मेदवारसँग झिनो मतले बिजयी भएका छन् मत परिणामअनुसार नेम्वाङले ३० हजार २० मत पाउँदा खड्काले २९ हजार ९ सय ६ मत प्राप्त गरेका छन्। मत गणना सकिँदा अन्तिममा उनले ११४ मतान्तरले जीत निकालेका हुन् । २०५६ सालदेखि इलाम २ बाट चुनाव लडेका नेम्वाङ अहिलेसम्म अविजित थिए ।