काठमाडौं । काठमाडौंबाट थाइल्याण्डको बैंककका लागि उडेको नेपाल एयरलाइन्सको जहाजलाई बंगलादेशमा आकस्मिक अवतरण गराइएको छ ।नेपाल एयरलाइन्सका अनुसार इण्डिकेटरले कार्गो कम्पार्टमेन्टमा धुवाँ देखिएको संकेत गरेपछि नेपाल एयरलाइन्सको न्यारोबडी जहाज बंगलादेशको चटगाउँ अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गराइएको हो ।

आरए ४०१ उडान नम्बर रहेको ए ३२० जहाजको कार्गोमा रहेको सामान झारेर जहाजलाई पुनः बैंकक उडाउने तयारी भइरहेको एयरलाइन्सको भनाइ छ ।‘इण्डिकेटरले संकेत गरेपनि अवतरणपछि चेकजाँच गर्दा कुनै खराबी नदेखिएकोले जहाज पुनः बैंकक उडाउन लागिएको हो ।जहाजमा १५२ जना यात्रु सवार रहेको नेपाल एयरलाइन्सले बताएको छ ।

 

तपाईको प्रतिक्रिया