चितवन । चितवनको नारायणगढमा मुख्य कार्यालय रहेको इमेज इन्स्टिच्यूटले पश्चिम चितवनको दिव्यनगरमा अवस्थित श्री आर्दश माध्यामिक विद्यालयका करिव १०० जना विद्यार्थीहरुलाई स्कुल ब्याग सहयोग गरेको छ ।संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयका विद्यार्थीहरुलाई स्कुल ब्याग सहयोग गरिएको हो । यसअघि ईमेजले पश्चिम चितवनकै मेघौलीमा रहेको जानकी मावि र गोरखाका दुईवटा सरकारी विद्यालयका विद्यार्थीहरुलाई सहयोग गरेको थियो ।
ईमेजका प्रबन्ध निर्देशक मोहन बुढाथोकीले संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत सरकारी विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई स्कुल ब्याग सहयोग गरिएको बताउनुभयो । उहाँले सरकारी विद्यालयहरुका विद्यार्थीहरुलाई इमेजले नियमित रुपमा सहयोग गर्दै आएको बताउनुभयो ।
विद्यालयमा आयोजित सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै ईमेजका निर्देशक सुजिना बुढाथोकीले इमेजले विगतका वर्षहरुमा जस्तै यसवर्षपनि सामाजिक क्षेत्रमा केहि न केहि सहयोग गर्न पाएको भन्दै खुसी व्यक्त गर्नुभयो । इमेज चितवनकै माटोमै जन्मेर १७ वर्षको तन्नेरी भएको भन्दै उहाँले सबैको साथ र विश्वासले इमेज एउटा ब्राण्डको रुपमा स्थापित भएको बताउनुभयो ।
विद्यालयका प्रार्चाय मित्रबन्धु चापागाईले सरकारी विद्यालयमा आएर सहयोग गरेको भन्दै इमेजलाई धन्यवाद दिनुभयो । आगामी दिनमा समेत विद्यालयका विद्यार्थीहरुलाई सहयोग गर्नेमा आफु आशावादी रहेको उहाँले बताउनुभयो । विद्यालयका प्राचार्य मित्रबन्धु चापागाईको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि इमेजका प्रबन्ध निर्देशक मोहन बुढाथोकी र विशिष्ट अतिथि निर्देशक सुजिना बुढाथोकी रहनुभएको थियो ।
कार्यक्रममा इमेजका मेघौली शाखा प्रमुख बद्री पौडेल, म्यानेजर कपील बुढाथाेकी, विद्यालयका शिक्षक कर्मचारी तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।उच्चशिक्षा अध्ययनका लागि नेपाली विद्यार्थीहरुलाई सत्यत्थय परामर्श दिदै जापान पठाउँदै आएको इमेजका गोरखा , चनौली र मेघौलीमा शाखा कार्यालय रहेका छन् । उचित परामर्श र उत्कृष्ट डकुमेन्टेसनका कारण इमेजले विद्यार्थीहरुको मन जित्न सफल भएको छ ।