×

मध्य नेपाल

जाजरकोटमा जीप दुर्घटना, ८ जनाको मृत्यु

जाजरकोटमा जीप दुर्घटना, ८ जनाको मृत्यु
जाजरकोट । जाजरकोटमा आइतबार दिउँसो जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । कर्णाली प्रदेश २००१ च ०४२९ नम्बरको जीप छेडागाड नगरपालिका वडा न ४ र ५ को बीचमा पर्ने भिरपाटीमा सडकबाट तल खस्दा ८ जनाको मृत्यु भएको स्थानीय स्वास्थ्य चौकीमा कार्यरत नगरपालिकाका अबेह जयहादुर थापाले जानकारी दिए । घटनास्थलमा नै रहेका थापाका अनुसार ३ जना घाइते छन् ।जीप २०० मिटर तल खस्दा घटनास्थलमै ८ जनाको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवंम् एसएसपी माधव श्रेष्ठले पनि पुष्टि गरे...

आज ४ बजेसम्ममा दलहरुले समानुपातिक उम्मेदवारको नामावली सच्याउन पाउने

आज ४ बजेसम्ममा दलहरुले समानुपातिक उम्मेदवारको नामावली सच्याउन पाउने
चितवन २६–काठमाडौं । समानुपातिकतर्फ सीट प्राप्त गरेका दलले पेश गरेको उम्मेदवारको सूची सोमबार (आज)  ४ बजेसम्म सच्याउन पाउने भएका छन् । निर्वाचन आयोगले पेश गरेको नामावली सच्याउनका लागि दललाई समय दिएको छ । त्रुटि गरेर समानुपातिक उम्मेदवारको नाम पठाउने राजनीतिक दललाई सच्याएर पुनः विवरण पठाउन आज दिउँसो ४ बजेसम्मका लागि समय दिइएको आयोगको समानुपातिकतर्फका मुख्य निर्वाचन अधिकृतको कार्यालयका प्रवक्तासमेत रहेका उपन्याधिवक्ता गुरुप्रसाद वाग्लेले जानकारी दिए । उनका अनुसार प्रतिनिधिस...

संघदेखि स्थानीय सरकार एकले अर्कालाई दोष दिएर मुलुक बन्दैन : माधव नेपाल

संघदेखि स्थानीय सरकार एकले अर्कालाई दोष दिएर मुलुक बन्दैन : माधव नेपाल
काठमाडौं  । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एकले अर्कालाई दोष दिएर मुलुक अघि बढ्न नसक्ने बताउनुभएको छ। आज गाउँपालिका राष्ट्रिय महासंघ नेपालको महाधिवेशनलाई सम्बोधन गर्दै संघदेखि स्थानीय सरकार एकले अर्कालाई दोष दिएर मुलुक नबन्ने बताउनुभएको हो । उहाँले तीनै तहका सरकारले आत्मसमीक्षा गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘तीन तहका सरकार मिलेर अघि बढे संघीय लोकतान्त्रिक गणतन्त्रलाई कसैले पनि समाप्त पार्न सक्दैन । त्यसैले सरकारले आफूलाई समीक्षा गरे अगाडि बढ्नुपर...

रास्वपा कार्यालयअघि कार्यकर्ताको खबरदारी, समानुपातिक सांसद चयनमा चलखेलको आरोप

रास्वपा कार्यालयअघि कार्यकर्ताको खबरदारी, समानुपातिक सांसद चयनमा चलखेलको आरोप
काठमाडौं – रवि लामिछाने सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टीभित्र समानुपातिक सांसद चयनका विषयलाई लिएर असन्तुष्टि देखा परेको छ।रास्वपाले गत असोजमा प्राइमरी इलेक्सन गरेर धेरै मत ल्याउनेहरूलाई प्रतिनिधि सभाको बन्दसूचीमा नाम राखेको थियो।तर अहिले प्राइमरी इलेक्सनमा कम मत ल्याएकाहरूलाई पनि समानुपातिक सांसद बनाउन खोजेको भन्दै विरोध भइरहेको छ। निर्वाचन आयोगले दलहरूलाई बुधबार तीन दिनको समय दिएर समानुपातिक सांसद पठाउन भनेको छ। दलहरूले बन्द सूचीमा पेश गरेका नामहरू नै कलस्टरअनुसार ...

इन्गेजमेन्ट टुटेपछि पुष्पाको दुखान्त

इन्गेजमेन्ट टुटेपछि पुष्पाको दुखान्त
काठमाडौं । करिब १० महिनाअघि धुम्बाराहीका सुधन संग्रौला दरबारमार्गस्थित केल्मीको सोरुम छिरे । चीनमा बस्दै आएका सुधन र केल्मी सोरुमका सञ्चालक उत्तम न्यौपानेबीच राम्रै चिनजान थियो । सोरुममा बसिरहेकी पुष्पा न्यौपानेसँग सुधनको आँखा जुध्यो । पारिवारिक चिनजान भएकाले सुधन र पुष्पाबीच सजिलै परिचय भयो । सुधनले केही समयमा फेसबुकमा पुष्पालाई रिक्वेस्ट पठाए । पुष्पाले एक्सेप्ट गरिन् । दुईबीच कुराकानी बढ्दै गयो । प्रेमिल गफहरु सुरु हुन थाले । सुधनले एक दिन पुष्पालाई भेट्ने प्रस्ताव गरे ...

प्रहरी साइबर ब्यूरोको नक्कली फेसबुक पेज बनाएको आरोपमा चितवनका युवा पक्राउ

प्रहरी साइबर ब्यूरोको नक्कली फेसबुक पेज बनाएको आरोपमा चितवनका युवा पक्राउ
चितवन ।  प्रहरीले सामाजिक सञ्जालको दुरुपयोग गरी प्रहरी प्रधान कार्यालय, साइबर ब्युरोको नक्कली फेसबुक पेज बनाएको आरोपमा चितवनका युवकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालय साइबर व्युरोले आज प्रेषित गरेको विज्ञप्ति अनुसार पक्राउ पर्नेमा चितवन रत्ननगर नगरपालिका–५ झुवानीटोल बस्ने १८ वर्षीय युवक करण महतो रहेका छन् । महतोले साइबर ब्यूरोको नक्ककली फेसबुक पेज बनाएर सर्वसाधारणलाई झुक्यानमा पारी ठगी गर्ने अभिप्रायले उक्त पेजको दुरूपयोग गरेको ब्युरोले जनाएको छ ।पक्राउ...

बुटवलबाट रातारात दाङ सारियो लुम्बिनीको मुख्यमन्त्री कार्यालय

बुटवलबाट रातारात दाङ सारियो लुम्बिनीको मुख्यमन्त्री कार्यालय
बुटवलबाट देउखुरी ल्याइएका सामान व्यवस्थापन गर्दै प्रहरीहरु ।   दाङ । लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङ स्थानान्तरणको कामले तीव्रता पाएको छ । सोमबारमात्रै मुख्यमन्त्री कार्यालय र निजी सचिवालय दाङको देउखुरीमा ल्याइएको छ । मुख्यमन्त्री कार्यालय र निजी सचिवालयका सामानहरु स्थायी राजधानी देउखुरीको कार्यालयमा ल्याइएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार मानसिंह विश्वकर्माले जानकारी दिए । मंगलबार बिहानैदेखि देउखुरीको कार्यालय ब्यवस्थापनको काम भइरहेको उनले बताए । उनले क...

सत्ता गठबन्धनको बैठक भोलि

सत्ता गठबन्धनको बैठक भोलि
काठमाडौं । सत्ता गठबन्धनको बैठक सोमबार बस्ने भएको छ । भोलि दिउँसो ३ बजे बोलाइएको बैठकमा चुनावको समीक्षा गर्नुका साथै अब कसरी जाने भनेर छलफल हुने एक नेताले बताए । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले पदाधिकारी बैठकपछि पत्रकारहरुसँगको कुराकानीमा सत्ता गठबन्धनको बैठक सोमबार बस्ने बताएका थिए । सत्ता गठबन्धनमा आवद्ध दलहरुले देशभर चुनावी तालेमल गरेर लडेका थिए । कांग्रेसले ५७ सिट जितेको छ भने माओवादी केन्द्रले १७, एकीकृत समाजवादीले १०, लोकतान्त्रिक समाजवादी पार्टीले ४ र...

श्रीआर्दश माविमा इमेज इन्स्टिच्यूटको सहयोग, १०० विद्यार्थीलाई स्कुल ब्याग

श्रीआर्दश माविमा इमेज इन्स्टिच्यूटको सहयोग, १०० विद्यार्थीलाई स्कुल ब्याग
चितवन । चितवनको नारायणगढमा मुख्य कार्यालय रहेको इमेज इन्स्टिच्यूटले पश्चिम चितवनको दिव्यनगरमा अवस्थित श्री आर्दश माध्यामिक विद्यालयका करिव १०० जना विद्यार्थीहरुलाई स्कुल ब्याग सहयोग गरेको छ ।संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयका विद्यार्थीहरुलाई स्कुल ब्याग सहयोग गरिएको हो । यसअघि ईमेजले पश्चिम चितवनकै मेघौलीमा रहेको जानकी मावि र गोरखाका दुईवटा  सरकारी विद्यालयका विद्यार्थीहरुलाई सहयोग गरेको थियो । ईमेजका प्रबन्ध निर्देशक मोहन बुढाथोकीले संस्थाको सामाजिक उत्तरद...