नवलपुरकाे हाेङ्सी सिमेन्टमा लफडा , भूक्तानी नपाएपछि व्यवसायी आन्दाेलित
नवलपुर । नवलपरासी पूर्व नवलपुरको सर्दीमा रहेको होङ्सी सिमेन्ट कारखानामा भुक्तानी नपाएको भन्दै व्यवसायीले आन्दोलन गरेका छन् । उद्योगमा ढुवानीको काम गर्ने व्यवसायीले तीन महिना देखि आफूहरुले पाउनेपर्ने रकम भुक्तानी पाउन नसकेको भन्दै आज उद्योग अघि टायर बालेर प्रदर्शन गरेका हुन् ।
स्थानीय सहित व्यवसायीले उद्योग परिसर अघि प्रदर्शन गरि उद्योगका सबै ढुवानीको काम रोकेका छन् । अत्यावश्यक बाहेक सबै ढुवानीका काम रोकेर आफुहरु आन्दोलीत भएको व्यवसायी यादव पौडेलले बताउनुभयो ।उहाँका अनुसार...


