×

नवलपुर । नवलपरासी पूर्व नवलपुरको सर्दीमा रहेको होङ्सी सिमेन्ट कारखानामा भुक्तानी नपाएको भन्दै व्यवसायीले आन्दोलन गरेका छन् । उद्योगमा ढुवानीको काम गर्ने व्यवसायीले तीन महिना देखि आफूहरुले पाउनेपर्ने रकम भुक्तानी पाउन नसकेको भन्दै आज उद्योग अघि टायर बालेर प्रदर्शन गरेका हुन् ।

स्थानीय सहित व्यवसायीले उद्योग परिसर अघि प्रदर्शन गरि उद्योगका सबै ढुवानीको काम रोकेका छन् । अत्यावश्यक बाहेक सबै ढुवानीका काम रोकेर आफुहरु आन्दोलीत भएको व्यवसायी यादव पौडेलले बताउनुभयो ।उहाँका अनुसार करिब तीन महिना देखि उद्योगले भुक्तानी गर्नुपर्ने रकम नदिदा व्यवसायी समस्यामा परेका छन् ।

‘बैङहरुले किस्ता नतिरेको भनेर गाडी तानेको छ, चिठ्ठी काटेर तनाव दिइरहेको छ’ पौडेलले भन्नुभयो –तर उद्योगले भुक्तानीका लागि आलटाल गरिरहेको छ ।उद्योगमा आवश्यक खाद्ययान्न पुर्याउने , ढुवानीका काम गर्ने देखि सबै होटल व्यवसायीको उधारो बाँकी रकम भुक्तानी नहुदा समस्या परेकाले आन्दोलनमा उत्रिनु परेको उहाँले बताउनुभयो ।

उद्योगले स्थापना ताका स्थानीय रुपमा गर्नेभनेको काम समेत नगरको स्थानियको भनाई छ । वरपरको वातावरण स्वास्थ्यमा प्रतिकुल हुन नदिने ,स्वास्थ्य , कृषिमा आवश्यक लगानी गरि सुविधा दिने भन्ने उद्योग स्थापनाका विषयमा कुरा भएको भएपनि हाल त्यसप्रति उद्योग प्रशासन गम्भिर नबनेको पौडेलले बताउनुभयो ।

तपाईको प्रतिक्रिया