×

मध्य नेपाल

पोखरा विमानस्थल उद्घाटनपछि प्रधानमन्त्रीले भने- अब निजगढको पालो

पोखरा विमानस्थल उद्घाटनपछि प्रधानमन्त्रीले भने- अब निजगढको पालो
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निजगढ अन्तर्राष्ट्रिय विमानास्थलको निर्माण प्रक्रिया छिट्टै अगाडि बढाउने बताएका छन् ।आइतबार पोखरा अन्तर्राष्ट्रिय विमानास्थलको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले निजगढ अन्तर्राष्ट्रिय विमानास्थलको विषय पनि उठाएका हुन् । निजगढ विमानस्थलबारे सर्वोच्च अदालतले दिएको आदेशपछि निर्माण अघि बढाउनेसम्बन्धमा अन्योल छ । सरकारले गठन गरेको विज्ञको समूहले बाराको निजगढमै विमानस्थल बनाउन सकिने निर्षकर्ष सहितको प्रतिवेदन...

आजको मौसम : हल्का बर्षा र हिमपातको सम्भावना, तराईमा हुस्सु

आजको मौसम : हल्का बर्षा र हिमपातको सम्भावना, तराईमा हुस्सु
काठमाडौँ । हाल देशका पहाडी भू(भागमा आंशिक बदली रही तराईका केही भू-भागमा हुस्सुरकुहिरो लागेको छ।पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभावले शनिबार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहनुका साथै हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि...

एकीकृत समाजवादीको स्थायी समिति बैठक आज

एकीकृत समाजवादीको स्थायी समिति बैठक आज
काठमाडौँ । सरकारमा सहभागिताको विषयमा टुंगो लगाउन नेकपा एकीकृत समाजवादीको शनिबार स्थायी समितिको बैठक बस्दैछ।अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा आलोकनगरस्थित केन्द्रीय कार्यालयमा बस्ने बैठकले निर्वाचनमा पार्टीले प्राप्त गरेको परिणामको समीक्षा र पछिल्लो पटक विकास भएको राजनीतिक घटनाक्रममा पार्टीले निर्वाह गर्ने भूमिकाबारे छलफल गर्नेछ। यस्तै आगामी रणनीति तथा कार्ययोजना र पार्टीले सरकारमा सहभागी हुने वा नहुने तथा सरकारलाई समर्थन गर्ने वा नगर्नेबारे निर्णय लिने केन्द्रीय प्रचार...

होटलमा आगो लागेपछि परिवारलाई भिडियो सन्देश पठाएर १२ तलाबाट हामफालेका पाण्डेकाे मृत्यु

होटलमा आगो लागेपछि परिवारलाई भिडियो सन्देश पठाएर  १२ तलाबाट हामफालेका पाण्डेकाे मृत्यु
काठमाडौं । कम्बोडियाको एक होटल क्यासिनोमा भएको भीषण आगलागीमा परेर कम्तिमा १९ जनाको मृत्यु भएको छ । मृत्यु भएकामध्ये एकजना नेपाली नागरिक छन् । झापाको विर्तामोड नगरपालिका १ घर भएका ४० वर्षीय निराकार पाण्डेको मृत्यु भएको हो । पाण्डेका सहपाठी दिनेश सिलवालले बिहीबार बिहान ४ बजेतिर मृत्यु भएको पुष्टि भएको  बताए । ‘त्यहाँ एकजना नेपाली साथी पनि हुनुहुन्थ्यो, उहाँले स्थानीय प्रहरीमा गएर शव सनाखत गर्नुभएको छ’, सिलवालले भने, ‘थाइल्याण्डस्थित नेपाली दूतावासमार्फत शव ल्याउनका लागि पहल ...

वाम एकता हुन्छ, नेकपा एस छिट्टै सरकारमा समेटिन्छ : देव गुरुङ

वाम एकता हुन्छ, नेकपा एस छिट्टै सरकारमा समेटिन्छ : देव गुरुङ
काठमाडौँ। नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले नेपालमा एउटै कम्युनिस्ट पार्टी बनाउने प्रक्रियामा लाग्नुको विकल्प नभएको बताएका छन् ।शुक्रबार रुपन्देहीको भैरहवामा पत्रकारहरूसँग कुराकानी गर्दै उनले दीर्घकालीन रूपमा वामपन्थी एक नभए प्राप्त उपलब्धि गुम्दै जाने बताए । सदनभित्र र बाहिर रहेका कम्युनिस्ट घटकहरूबीच सहमति, संवाद गरी एउटै कम्युनिस्ट पार्टी बनाउने अभियानमा लाग्नुपर्नेमा गुरुङको जोड थियो । मुलुकको स्वाधीनताको रक्षा विगतका नेतृत्वबाट सम्भव नदेखिएकाले माओवादी केन्द...

प्रधानमन्त्री प्रचण्डको शपथग्रहण आज, सानो आकारको मन्त्रीमण्डल गठन हुने

प्रधानमन्त्री प्रचण्डको शपथग्रहण आज, सानो आकारको मन्त्रीमण्डल गठन हुने
काठमाडौं । तेस्रो पटक प्रधानमन्त्री बनेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्दैछन् । उनले अपराह्न ४ बजे राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित विशेष समारोहमा शपथ ग्रहण गर्न लागेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री प्रचण्डलाई पद तथा गोपनियताको शपथ खुवाउनेछिन् । प्रचण्डले आइतबार प्रतिनिधि सभाका १६९ जना सांसदहरुको समर्थनसहित प्रधानमन्त्रीमा दाबी पेश गरेका थिए । सोही दिन राष्ट्रपति भण्डारीले उनलाई प...

अबैध संरचना भत्काउन नारायणगढमा चल्याे डाेजर (फोटो फिचर)

अबैध संरचना भत्काउन नारायणगढमा चल्याे डाेजर (फोटो फिचर)
चितवन । चितवनको नारायणगढ-गोन्द्रङमा ६ लेन सडक बिस्तारका लागि घर भत्काउन थालिएको छ।सडक क्षेत्रभित्र परेका घरहरु शुक्रबारदेखि भत्काउन थालिएको हो।सडक डिभिजन कार्यालय भरतपुरले नारायणगढको पुल्चोकबाट घर भत्काउन सुरु गरेको छ। यो सडक निर्माणका क्रममा ५८ वटा घर भत्काउनुपर्ने देखिएको सडक डिभिजन कार्यालयका प्रमुख रमेश पौडेलले बताए। ती घरका २० देखि १०० मिटरसम्मका संरचना सडकको क्षेत्रमा पर्ने उनले बताए।३५ दिनको सूचना जारी गर्दा पनि नभत्काएपछि डोजर लगाएर भत्काउन सुरु गरिएको पौडेलले बताए...

एउटै शिक्षकको भरमा तीनवटा कक्षाको पठन पाठन

एउटै शिक्षकको भरमा तीनवटा कक्षाको पठन पाठन
स्याङ्जा । स्याङ्जाको वालिङस्थित एक विद्यालयमा एक शिक्षकको भरमा तीनवटा कक्षाको पठनपाठन हुँदै आएको छ । वालिङ नगरपालिका–१४ करादीस्थित सौरीखाल्टा माइस्थान आधारभूत विद्यालयमा एक शिक्षक मात्र कार्यरत छन् । तीन कक्षासम्म मात्र पढाइ हुने उक्त विद्यालयमा तीन शिक्षकको दरबन्दी छ । तर एक वर्षयता अरु शिक्षक नआउँदा आफू एक्लैले विद्यालय धान्नुपर्ने बाध्यता रहेको विद्यालयका प्रधानाध्यापकसमेत रहेका धनबहादुर हमालले बताए । ‘तीन कक्षासम्म पढाइ हुन्छ, शिक्षक दरबन्दी तीन जनाको छ, तर एक वर्षदेख...

राष्ट्रपतिले जबरालाई आज शपथ खुवाउँदै, सांसदहरुले भोलि

राष्ट्रपतिले जबरालाई आज शपथ खुवाउँदै, सांसदहरुले भोलि
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सबैभन्दा ज्येष्ठ प्रतिनिधि सभा सदस्य पशुपति शमसेर जबरालाई आज शपथ ग्रहण गराउँदैछिन् । बुधबार दिउँसो शितल निवासमा जबराले शपथ ग्रहण गर्न लागेका हुन् । उनले बुधबार राष्ट्रपतिबाट शपथ खाएपछि बिहीबार प्रतिनिधि सभा सदस्यहरुलाई शपथ ग्रहण गराउने छन् । नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुले बिहीबार दिउँसो १ बजे संघीय संसद भवनमा शपथ ग्रहण गर्ने कार्यक्रम तय भएको छ । नागरिकताको प्रमाणपत्र अनुसार जबराको जन्म मिति १९९८ मंसिर २४ गते छ । यही आधार...