×

मध्य नेपाल

आजदेखि देशभर चरा गणना गरिँदै

आजदेखि देशभर चरा गणना गरिँदै
काठमाडौं–आजदेखि देशभर चरा गणना गरिँदै छ । नेपालमा ३६ वर्षदेखि चरा गन्ने काम भइरहेको छ। पानीमा बस्ने चराको गणना ९एसियन वाटरवर्ड काउन्ट० शनिबारबाट सुरु भएर माघ ८ गते सम्पन्न गर्ने बताइएको छ। माघ १९ मा नतिजा सार्वजनिक गर्ने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ। चितवनमा भने भोलिदेखि मात्रै चरा गणना गर्ने तयारी छ । विभागको अगुवाइ तथा हिमाली प्रकृतिको संयोजनमा चरा गणना कार्य अघि बढेको हो। कोसी, बागमती, मनोहरा, राप्ती, नारायणी, खगेरी, ढुङरे, तेलार, दानो, तिनाउ...

नेपाल फाइनान्सको वार्षिकोत्सवमा शैक्षिक सामग्री वितरण

नेपाल फाइनान्सको वार्षिकोत्सवमा शैक्षिक सामग्री वितरण
गैंडाकोट । नेपाल फाइनान्स लिमिटेडको ३०औँ वार्षिकोत्सवका अवसरमा गैंडाकोट शाखाले शैक्षिक सामग्री वितरण गरेको छ । गैंडाकोट-६ मा रहेको श्री भाग्योदय आधारभूत विद्यालयमा अध्ययनरत करिब ८० जना विद्यार्थीलाई कापी, कलम, इरेजर, सापनरलगायतका शैक्षिक सामग्री हस्तान्तरण गरेको हो । कार्यक्रमका प्रमुख अतिथि फाइनान्सका शाखा प्रमुख रुद्रलाल भुसाल र सभापति विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं गैंडाकोट नगरपालिका- ६ का वडाध्यक्ष सुभाष चापागाईंले संयुक्तरुपमा उक्त सामग्री विद्यार्थीलाई हस्ता...

कम्बोडियामा ज्यान गुमाएका निराकरको शव ल्याउन सरकारले नै खर्च व्यहोर्ने

कम्बोडियामा ज्यान गुमाएका निराकरको शव ल्याउन सरकारले नै खर्च व्यहोर्ने
काठमाडौं । कम्बोडियाको ग्रान्ड डायमन्ड सिटी होटल र क्यासिनोमा भएको आगलागीमा परी मृत्यु भएका झापाका निराकर पाण्डेको शव ल्याउनका लागि सरकारले नै खर्च व्यहोर्ने भएको छ। पुस २१ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए।यसअघि बिहीबार बिहान सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहालले निराकरको परिवारलाई शव जति सक्दो चाँडो नेपाल ल्याउन पहल गर्ने बताएका थिए। गत पुस १६ गते निराकरको कम्बोडियामा आगलागीका कारण मृत्यु भएको थियो।

पेट्रोलियम पदार्थको मूल्य तत्काल घटाउन प्रधानमन्त्रीको निर्देशन

पेट्रोलियम पदार्थको मूल्य तत्काल घटाउन  प्रधानमन्त्रीको निर्देशन
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेट्रोलियम पदार्थको मूल्य तत्काल घटाउन निर्देशन दिएका छन्।अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेका कारण सोही बमोजिम मूल्य समायोजन गरी मूल्य कटौती गर्न प्रधानमन्त्रीले निर्देशन दिएको उनको सचिवालयले जनाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज वाणिज्य तथा आपूर्ति सचिवलाई निर्देशन दिँदै प्रधानमन्त्री दाहालले आम जनतालाई राहतको अनुभूति हुने गरी पेट्रोल र डिजेल तथा हवाई इन्धनको मूल्य कटौती गर्न निर्दे...

प्रधानमन्त्री कार्यालयले गृहलाई भन्यो-३५ जना चालकलाई नखिचिदिनू

प्रधानमन्त्री कार्यालयले गृहलाई भन्यो-३५ जना चालकलाई नखिचिदिनू
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री निवास बालुवाटार लगायतका स्थानमा कार्यरत नेपाल प्रहरीका ३५ जना सवारी चालकलाई साविककै स्थानमा कामकाजको व्यवस्था मिलाउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ । अनावश्यक रूपमा विभिन्न व्यक्तिको सुरक्षा, चालक वा सहयोगीको रुपमा राखिएका प्रहरी कर्मचारीहरुलाई गृह मन्त्रालयले फिर्ता गरिरहेको बेला प्रधानमन्त्री कार्यालयले भने ३५ जना सवारी चालकहरुलाई फिर्ता नगरिदिन भनेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय...

शीतलहरका कारण जनजीवन प्रभावित

शीतलहरका कारण जनजीवन प्रभावित
काठमाडौं । तराई मधेशका जिल्लामा शीतलहर सुरु भएको मौसमविदले बताएका छन् । जल तथा मौसम विज्ञान विभागका अनुसार पूर्व मेचीदेखि पश्चिममा महाकालीसम्मै बाक्लो हुस्सु कुहिरोसँगै शीतलहर चलेको मौसमविद्को भनाइ छ । शीतलहरसँगै बढेको जाडोले जनजीवन प्रभावित भएको छ । शीतलहरका कारण जनजीवन प्रभावित भएपछि तराई मधेशका जिल्लाहरुमा धेरैजसो विद्यालय बन्द गरिएको छ । मौसमविद् विनु महर्जनले अधिकतम र न्यूनतम तापक्रमबीचको औसत अन्तर, घाम नलाग्ने अवधि, आकाशबाट तपतप शीत चुहिएको अवस्था लगायतका आधारमा शीतल...

होटल व्यवसायी महासंघको केन्द्रीय अध्यक्षमा दिनेश कुमार चुके निर्वाचित

होटल व्यवसायी महासंघको केन्द्रीय अध्यक्षमा दिनेश कुमार चुके निर्वाचित
चितवन । होटल व्यवसायी महासंघको केन्द्रिय अध्यक्षमा चितवनका दिनेश कुमार चुके निर्वाचित हुनुभएको छ । चितवनको भरतपुरमा आज सम्पन्न १० औं साधारणसभा तथा चौथो महाधिवेशनले चुकेलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो । अन्य पदाधिकारी पनि सर्वसम्मत चयन गरिएको छ ।

चिनियाँ कम्पनीले बुझायो सिद्धबाबा सुरुङको डिजाइन, डेढ महिनाभित्र निर्माण सुरु

चिनियाँ कम्पनीले बुझायो सिद्धबाबा सुरुङको डिजाइन, डेढ महिनाभित्र निर्माण सुरु
ठेक्का सम्झौता गरेको नौ महिनापछि चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीले सिद्धबाबा सुरुङमार्गको विस्तृत डिजाइन सडक विभागलाई  बुझाएको छ । गत फागुनको अन्तिम साता विभाग र कम्पनीबीच सुरुङ निर्माण ठेक्का सम्झौता भएको थियो । अन्तर्राष्ट्रिय बोलपत्रमा सहभागी नौ कम्पनीमध्ये विभागले गत फागुनमा उक्त कम्पनीलाई छनोट गरेको थियो । आयोजनाको डिजाइन, निर्माणलगायत काम गर्ने गरी इपिसी मोडलमा सात अर्ब ३४ करोड २१ लाख लागतमा विभाग र कम्पनीबीच ठेक्का सम्झौता भएको थियो । सिद्धार्थ राजमार्गक...

कालिका नगरपालिकाद्वारा पत्रकारको दुर्घटना बीमा

कालिका नगरपालिकाद्वारा पत्रकारको दुर्घटना बीमा
चितवन।  चितवनको कालिका नगरपालिकाले नेपाल पत्रकार महासंघ चितवन शाखाका सदस्यहरुको रु १० लाखको दुर्घटना बीमा गर्ने भएको छ । नगरपालिका र महासंघबीच दुर्घटना बीमा सम्बन्धी सम्झौतापत्रमा आज एक कार्यक्रमकाबीच हस्ताक्षर गरिएको छ । नगरप्रमुख विनोद रेग्मी र महासंघ चितवनका अध्यक्ष नारायणप्रसाद अधिकारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । नगरपालिकाले पत्रकार सामुहिक दुर्घटना बीमा कार्यविधि २०७९ निर्माण गरी कार्यपालिका बैठकबाट अनुमोदन गरेर आज महासंघसँग सम्झौता गरेको हो । आगामी दिनहरुमा ...