नवलपुर । चितवन राष्ट्रिय निकुञ्जमा पाेथी गैँडा मृत अवस्थामा फेला परेको छ । चितवन राष्ट्रिय निकुञ्जको अमलटारी सेक्टर अन्तर्गत कुजौली रेन्जपोष्टको कार्यक्षेत्र भित्र पर्ने नारायणी नदीको भंगालोको किनारा मृत अवस्थामा गैँडा फेला परेको हो ।
निकुञ्जको नियमित संयुक्त गस्ति टोलिले अन्दाजी १८ वर्षको एक पोथी गैडा मृत अवस्थामा फेलापरेको चितवन निकुञ्जका सूचना अधिकारी गणेश प्रसाद तिवारीले जानकारी दिनुभयो ।
गैँडाको खाग खुर सुरक्षित रहेको भन्दै प्राकृतिक कारणले सो गैँडाको मृत्यू भएको राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ । चालु आ.व.मा चितवन राष्ट्रिय निकुञ्ज र निकुञ्जको मध्यवर्ती क्षेत्रमा हाल सम्म ७ बटा गैँडाको मृत्यू भएको भैसेको छ ।

तपाईको प्रतिक्रिया