गैंडाकोट। किसान बचत तथा ऋण सहकारी संस्था एकाई २ को २७ औं साधारणसभा सम्पन्न भएको छ । किसान साकोसको कावासोती, संवृद्धि डण्डा, कुनाको, पञ्चवटी, अरुणखोला, दुम्कीवास, भविष्यनिर्माण, पिठौली र विष्णुनगर सेवाकेन्द्र अन्तर्गत एकाई २ अन्तर्गतको साधारण सभा संस्थाका अध्यक्ष  श्रीहरि चालिसेको अध्यक्षतामा सम्पन्न भएकाे हाे ।

यसै आर्थिक बर्षमा दिगंवत हुनुभएका संस्थाकाे सञ्चालक समितिका सचिव  अनिल सापकोटा र प्रमुख कार्यकारी अधिकृत  गणेश शर्मा पौडेल प्रति श्रद्धाञ्जली दिएर सुरू गरिएको २७ औं साधारण सभामा सहसचिव सरस्वती कँडेलले आर्थिक वर्ष २०७८/७९ को प्रगति प्रतिवेदन र आ.व ०७९/०८० को नीति तथा कार्यक्रमहरुको वारेमा सभामा जानकारी गराउनु भएको थियो ।

कावासोती, डण्डाको थारु राष्ट्रिय संग्राहलयमा बुधवार भएको साधारण सभामा संस्थाका सञ्चालक सदस्य राजेन्द्र गौतमले  आर्थिक प्रतिवेदन एवं प्रस्तावित लक्ष्य तथा बजेट सभा समक्ष प्रस्तुत गर्नुभएको थियो । सदस्य गौतमको प्रतिवेदनमा चालु आर्थिक वर्षको कुल सम्पती ३ अर्व ४४ करोड ७९ लाख ५६ हजार ८ सय ४९ रुपैयाँ रहेको व्यहोरा जानकारी गराउदै संस्थाले गत आर्थिक वर्षको सेयर पुंजी रू ३५ करोड १५ लाख ६६ हजार ८ सयलाई बढ़ाएर चालु आर्थिक बर्षमा ४४ करोड ८० लाख पु¥याउने लक्ष्य रहेको व्यहोरा र अन्य वित्तिय प्रतिवेदनका वारेमा जानकारी गराउनु भएको थियो ।

संस्थाका निर्वतमान अध्यक्ष  गोपाल प्रसाद गौतमले बर्तमान संस्थागत अवस्था, संस्थामा रहेको तरलताको अवस्था मजवुत रहेको, संस्थाले सञ्चालनमा ल्याएको लघुवित्त कार्यक्रमको उद्देश्य र प्रतिफलका वारेमा जानकारी गराउनुका साथै निर्वाचन कार्यतालिका लगायत हाल देखिएको आर्थिक संकुचनका वारेमा प्रष्ट पार्नु भएको थियो ।साधारण सभामा लेखा तथा सुपरिवेक्षण समितिको प्रतिवेदन समितिका संयोजक चिन्तामणी कँडेलले प्रस्तुत गर्नुभएको थियोे ।

किसान साकोसका अध्यक्ष श्रीहरि चालिसेले किसानको शान एकिकृत सहकारी सेवाको अभियान भन्ने अभिप्रायका साथ स्थानिय स्तरमा रहेका २४ वटा सहकारी संस्थाहरुलाई एकिकरण गरि सहकारी अभियानलाई नै मार्गदर्शक रूपमा चिनाउन सफल किसान साकोसले ३ प्रदेशका ४ वटा जिल्लाहरुमा ८२ हजार सेयर सदस्यहरु मार्फत करिव ४ अर्व पूँजी परिचान गर्न सफल भएको बताउनु भयो ।

साे अवसरमा   संस्थाका ८ वटा सेवा केन्द्रका उत्कृष्ट कारोवार कर्ता, उत्कृष्ट बाल बचत कर्ता र उत्कृष्ट महिला समुहलाइ पुरस्कार वितरण तथा सम्मान गरिएको थियो ।एकाइ नं २ को साधरण सभामा ८ वटा विविध प्रस्ताव उपर बृहत छलफल गरी उक्त प्रस्ताव सर्वसम्मत पारीत गर्दै, एकाइ नं. २ को माइन्यूट प्रमाणीतका लागी २० जना प्रतिनिधि र २४ गते सम्पन्न हुने माइन्यूट प्रमाणीत कार्यक्रममा १९ जना प्रतिनिधिको नामावली संकलन गर्दे कार्यक्रम सम्पन्न गरिएको थियो ।

 

तपाईको प्रतिक्रिया