वाल्मीकि आश्रम जाने झोलुङ्गे पुल सञ्चालन गर्न माग
वाल्मीकि ।नेपालको ऐतिहासिक धार्मिकस्थल वाल्मीकि आश्रमलाई नेपालकै बाटोसँग जाड्नेगरी निर्माण भएको झोलुङ्गे पुल तत्काल सञ्चालन गर्न माग गरिएको छ । निर्माण सम्पन्न भएको लामोसमय बितिसक्दासमेत पुल सञ्चालनमा नआएको भन्दै नेकपा (एमाले) माडी नगर कमिटीले पुल सञ्चालन गर्न सरकारसँग माग गरेको हो ।
वाल्मीकि आश्रममा बसेको नेकपा एमाले माडी नगर कमिटीको विस्तारित बैठकले झोलुङ्गे पुल तत्काल सञ्चालन गर्नुपर्ने, चितवनको भूमिमा चितवनबाटै जान मिल्ने गरी सडक निर्माण गनुपर्नेलगायतका विभिन्न निर्णय...


