मन्टेश्वरी स्कुल : नाम मात्रै कि सिकाइ पद्धति पनि ?
काठमाडौं । पढ्ने र पढाउने भन्दा सिक्ने र सिकाउने शिक्षण विधि हो, मन्टेश्वरी शिक्षा । घोकन्ते र परम्परागत शिक्षण पद्धतिको सट्टा मन्टेश्वरी किन्डरगार्टेनमा आधुनिक, प्रविधियुक्त र बालमनोविज्ञानलाई मध्यनजर गरी बालबालिकाको सिकाइ क्षमता विकास गरिन्छ ।विद्यालय स्तरको पढाइ सुरु हुनुभन्दा पहिले बालबालिकालाई सिकाउन अपनाइएको उक्त मन्टेश्री किन्डरगार्टेन शिक्षा निकै महत्वपूर्ण मानिन्छ ।
बालबालिकालाई मन्टेश्वरी विधि र पद्धतिबाट सिकाउने स्थानलाई प्रि-स्कुल पनि भनिन्छ ।मन्टेश्वरी किन्डरग...


