सुस्मा न्यौपाने
गैँडाकोट । नवलपरासी (पूर्व)को गैँडाकोटमा अवस्थित नगरको एकमात्र “क” बर्गको गैँडाकोट ईङलिस स्कुलले विभिन्न विषयका शिक्षकहरु माग गरेको छ । शैक्षिकसत्र २०८१/८२ का लागि पाँचजना शिक्षकहरु माग गरिएको स्कुलले जनाएको छ । नवलपुरमै पहिलो ईन्टरनेशनल स्कुल अवार्ड प्राप्त गर्न सफल गैँडाकोट ईङलिस स्कुलले प्राथमिक र निम्न माध्यामिक तहमा अध्यापन गराउन सक्ने ५ जना शिक्षकहरुको माग गरेको प्राचार्य हिरालाल अर्यालले बताउनुभयो ।
निम्न माध्यामिक तह र माध्यामिक तहमा अंग्रेजी विषय अध्यापन गराउने १ /१ जना , निम्न माध्यमिक तहमा समाजिक शिक्षा अध्यापन गराउने १ जना तथा विज्ञान र गणीत विषय पढाउन सक्ने १ /१ जना गरि पाँचजना शिक्षकहरु माग गरिएको छ । चैत्र ७ गतेसम्मको समयसिमा तोक्दै स्कुलले आवेदन दिन आह्वान गरेको छ । विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा दिनसक्ने तथा योग्यता पुगेका नेपाली नागरिकहरुले विद्यालयमा पुगेर आफ्नो दरखास्त पेश गर्नसक्नेछन् ।
नयाँ शैक्षिकसत्र लागेपछि मात्रै नयाँ शिक्षकहरु ल्याउदा विद्यार्थी र शिक्षकविचको दुरी बढ्ने तथा विद्यालयको वातावरणसँग घुलमिल हुन समय लाग्ने भएकोले शैक्षिकसत्र अगावै गैँडाकोट ईङलिस स्कुलले शिक्षकहरु आह्वान गरेको हो । स्कुलका प्राचार्य हिरालाल अर्यालले कक्षा अवलोकन र अन्तवार्ताको माध्यमबाट शिक्षहरुको छनौट गरिने बताउनु भयो ।
उहाँका अनुसार छनौट भएका सबै शिक्षकहरुलाई स्कुलले एक महिनासम्म विषयविज्ञको साथमा राखेर तालिम उपलव्ध गराउने छ ।कक्षा अवलोकन तथा अन्तवार्ता मार्फत छनौट भएका शिक्षकहरुलाई आर्कषक तलव तथा सेवासुविधा उपलव्ध गराउने विद्यालयले जनाएको छ ।गैँडाकोट नगरपालिकाको पहिलो बालमैत्री तथा बातावरणमैत्री गैँडाकोट ईङलिस स्कुलमा स्कुलमा १२० जना शिक्षक तथा कर्मचारी कार्यरत छन् भने र १३ सय विद्यार्थीहरु अध्ययनरत छन् ।




उज्यालो खबर




