×

गैँडाकोट । अखिल नेपाल महिला संघ गैँडाकोट ९ को दोस्रो अधिवेशनले तारा कंडेलको अध्यक्षतामा ९ सदस्यीय वडा कमिटी चयन गरेको छ । अखिल नेपाल महिलासंघका केन्द्रीय सदस्य तथा नवलपुर इन्चार्ज सिता पंगेनीको प्रमुख आतिथ्यता तथा जिल्ला अध्यक्ष कोपिला पौडेलको विशिष्ट आतिथ्यतामा सम्पन्न अधिवेशनले कंडेलको अध्यक्षतमा आगामी २ वर्षका लागि सर्वसम्मत रुपमा नयाँ कमिटी चयन गरेको हो ।

कमिटीको उपाध्यक्षमा बिष्णु देवकोटा, सचिवमा माया पोखरेल र सदस्यहरुमा अञ्जु कंडेल, पवित्रा चालिसे, लक्ष्मी वन, सममाया बोहोरा, तारा पौडेल र मना गुरुङ रहनु भएको छ । नवनिर्वाचित कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई आजै कार्यक्रमका प्रमुख अतिथी अखिल नेपाल महिला संघ नवलपुरका अध्यक्ष कोपिला पौडेलले सपथ खुवाउनु भएको थियो ।

तपाईको प्रतिक्रिया