×

गैँडाकोट । पारिजात आमा समूह गैँडाकोट ५ को आठौ बार्षिक साधारणसभा तथा चौथो अधिवेशनले मनू शर्मा (ढुंगाना) को अध्यक्षतामा आगामी २ वर्षका लागि नयाँ कार्य समिति चयन गरेको छ ।

कार्यसमितिको उपाध्यक्षमा जुना भट्टराई, सचिवमा तारा शर्मा (सापकोटा), कोषाध्यक्षमा तुलसी कंडेल, सहसचिवमा सीतादेवी कंडेल र सहकोषाध्यक्षमा सरस्वती अधिकारी चयन हुनुभएको छ । त्यसैगरी समूहका सदस्यहरुमा सिता पोखरेल, लक्ष्मी धिताल, मिठु भण्डारी, विष्णु गहतराज,उषा रायमाझी, पार्वती शाहि (ठुकरी) र सिता लामिछाने रहनु भएको छ ।

समूहका अध्यक्ष सिता पोखरेलको अध्यक्षता तथा गैँडाकोट नगरपालिका वडा नं. ५ का अध्यक्ष रत्न प्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा भएको साधारणसभाको उद्घाटनशत्रमा वडा सदस्य तथा महिला नेतृ शान्ति न्यौपाने, पारिजात टोलका अधयक्ष भुपेन्द्र कुंवर लगायतले बोल्नु भएको थियो ।

तपाईको प्रतिक्रिया