×

गैँडाकोट । अन्तराष्ट्रिय खुसी दिवसको अवसरमा पूर्वी नवलपरासीको गैँडाकोटमा रहेको गैँडाकोट ईङ्लिस स्कुलका विद्यार्थीहरुले देवघाटधामका बृद्धबृद्धाहरुसँग खुसी साटासाट गरेका छन् ।

परिवारदेखि टाढा रहेर तनहुँको देवघाटधाम स्थित देवघाट समाज कल्याण केन्द्र बृद्धआश्रममा रहेका ज्येष्ठ नागरिकसँग विद्यार्थीहरुले भलाकुसारी गर्दै खुसी दिवस मनाएका हुन् ।सो अवसरमा स्कुलका बालक्लवका विद्यार्थीहरुले आश्रममा रहेका बृद्धबृद्धाहरुका लागि विहान र साँझको भोजनको प्रवन्ध समेत गरेको गैँडाकोट ईङ्लिस स्कुलका सहायक प्राचार्य नवराज कंडेलले बताउनु भयो ।

आगामी वर्ष पनि खुसी दिवसको दिन पारेर स्कुलका विद्यार्थीहरु समाज कल्याण केन्द्र बृद्धआश्रममा जाने योजना रहेको उहाँले बताउनुभयो ।कार्यक्रममा विद्यालयका +२ संयोजक जीवन दवाडी, शिक्षक प्रविन रेग्मी, बाल क्लबका पधादिकारीलगायतको उपस्थिति थियो।

तपाईको प्रतिक्रिया