अक्सफोर्ड कलेजमा अब बिएचएम पढाइ हुने
गैँडाकोट -उत्कृष्ट शैक्षिक गन्तव्यको रुपमा स्थापित पूर्वी नवलपरासीको गैँडाकोटमा रहेको अक्सफोर्ड कलेजले ब्याचलर अफ होटेल म्यानेजमेन्ट (बिएचएम) अध्यापन गराउने भएको छ ।
पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त अक्सफोर्ड कलेजले बिएचएम कोर्स सुरुवात गरेको जानकारी दिएको छ । कलेजका प्राचार्य प्रोफेसर ईन्जिनियर हरि भण्डारीले यसै शैक्षिक सत्रबाट बिएचएममा समेत भर्ना खुला गरिएको जानकारी दिनुभयो ।
अक्सफोर्ड कलेजले बिएचएमका लागि चाहिने आवश्यक पूर्वाधार तयार पारिसकेको छ । बेसिक किचन र...


