स्पन्दन नेपालद्धारा बालिकाहरुलाई भोजन
चितवन- साउन १५ को अवसरमा भरतपुरको स्पन्दन नेपालले २२ जना नानीहरुलाई भोजन (खिर) खुवाएको छ । भरतपुर महानगरपालिका वडा नं. १२ मा अवस्थित सानो घरमा रहेका बालिकाहरुलाई खिर खुवाइएको स्पन्दन नेपालका अध्यक्ष अनिता खनालले जानकारी दिनुभयो ।
सानो घरकी अध्यक्ष विमला श्रेष्ठको आतिथ्यता तथा संस्थाका अध्यक्ष अनिता खनालको अध्यक्षतामा भएको कार्यक्रमको संयोजक संस्थाका सदस्य पार्वती गुरुङ रहनुभएको थियो ।विभिन्न सामाजिक कृयाकलाप गर्दै आएको स्पन्दन नेपालले घरपरिवाट टाढा रहेर बसेका बालिकाहरुलाई ...


