×

नवलपुर विशेष

अक्सफोर्ड कलेजमा विद्यार्थीहरुको आर्कषण, ब्याचलरको प्रवेश परिक्षा भोलि

अक्सफोर्ड कलेजमा विद्यार्थीहरुको आर्कषण, ब्याचलरको प्रवेश परिक्षा भोलि
गैँडाकोट -पूर्वी नवलपरासीको गैँडाकोटमा रहेको अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेण्ट (अक्सफोर्ड कलेज) विद्यार्थीहरुको आकर्षण बढेको छ ।कलेजले विगत लामो समयदेखि सञ्चालन गरिरेका स्नातक तहका विभिन्न कार्यक्रमहरु र हालै सञ्चालनमा ल्याउन लागेका नयाँ कार्यक्रमहरुमा विद्यार्थीहरुको आर्कषण देखिएको हो । कलेजका प्राचार्य प्रोफेसर इन्जिनियर हरि भण्डारीले स्नातक तहका ६ वटै पोग्रामहरुमा विद्यार्थीहरुको आर्कषण देखिएको बताउनुभयो । उहाँका अनुसार बिसीए, बीएचएम र बीइ कम्प्युटर र बिइ ...

दाउन्नेमा सडक भासिएपछि राजमार्ग अवरुद्ध, दिउँसो २ बजेसम्म यातायात सञ्चालनमा रोक

दाउन्नेमा सडक भासिएपछि राजमार्ग अवरुद्ध, दिउँसो २ बजेसम्म यातायात सञ्चालनमा रोक
पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने खण्डमा भासिएको सडक मर्मतका लागि यातायात सञ्चालनमा रोक लगाइएको छ ।नवलपुरको दाउन्नेमा सोमबार राति सडक भासिँदा सुरुमा एकतर्फी रूपमा यातायात सञ्चालन गरिएको थियो । भासिएको स्थानमा मर्मतका लागि आज दिउँसो २ बजेसम्म यातायात सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले बताए । विनयी त्रिवेणी गाउँपालिका-२ स्थित दाउन्ने बजारमा भासिएको सडकमा थप क्षति भएर समस्या हुनसक्ने भएकाले याताय...

मौलाकालिकामा हरेक मंगलबार साँझ महाआरती हुने, केवलकारको टिकटमा ५० प्रतिशत छुट

मौलाकालिकामा हरेक मंगलबार साँझ महाआरती हुने, केवलकारको टिकटमा ५० प्रतिशत छुट
गैँडाकोट –नवलपुरको गैँडाकोटमा अवस्थित मौलाकालिका मन्दिर परिसरमा हरेक सोमबार हुँदै आएको महाआरती अवदेखि मंगलबार हुने भएको छ । साउन ७ गतेदेखि हरेक सोमबार हुँदै आएको सोमबार सन्ध्या महाआरती अवदेखि हरेक मंगलबार हुने धार्मिक सेवा समिति मौलाकालिका मन्दिरले जनाएको छ । धार्मिक सेवा समिति मौलाकालिका मन्दिर ब्यवस्थापन समितिका उपाध्यक्ष खगराज कंडेलले  धार्मिक, ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको मौलाकाली मन्दिरमा हुँदै आएको सोमबार हुँदै आएको महाआरती अवदेखि हरेक मंगलबार साँझ आयोजना गर...

गैँडाकोटका किसान रिमाल गँड्यौला पालनबाट मासिक दुई लाख आम्दानी गर्दै

गैँडाकोटका किसान रिमाल गँड्यौला पालनबाट मासिक दुई लाख आम्दानी गर्दै
गैँडाकोट । गैँडाकोटका किसान गोपिचन्द्र रिमालले गँड्यौलापालनबाट मासिक रु दुई लाख आम्दानी गर्दै आउनुभएको छ । तीन वर्षअघि गैँडाकोट–५ वैकुण्ठपथमा १२ वटा ब्याड निर्माण गरी गँड्यौलापालन सुरु गर्नुभएको हो । एक कठ्ठा क्षेत्रफलमा १२ वटा ब्याड निर्माण गरी तीन वर्षदेखि व्यावसायिक गँड्यौलापालन गर्दै आएको ६३ वर्षीय रिमालले बताउनुभयो । पछिल्लो दुई महिनामा रु तीन लाख ६० हजार आम्दानी भएको उहाँले जानकारी दिनुभयो । एउटा ब्याडमा गँड्यौला राखेको दुई महिनामा मल तयार हुने भन्दै प्रतिब्याड रु...

आज साउनको अन्तिम सोमबार, शिवालयमा घुइँचो

आज साउनको अन्तिम सोमबार, शिवालयमा घुइँचो
काठमाडौं । आज साउन महिनाको अन्तिम सोमबार, पशुपतिनाथसहित देशभरका शिवालयहरुमा श्रद्धालुहरुको भिड लागेको छ । साउन महिनाको हरेक सोमबार व्रत बसेर शिवको पूजा गर्दै आएकाहरुले आज विधिपूर्वक व्रत समाप्त गर्दछन् । साउनको सोमबारलाई भगवान शिवको प्रिय बार मानिने भएकाले यस दिन श्रद्धालुहरु व्रत, पूजापाठ, दान लगायतका काम गर्दछन् । यसो गर्दा सुख, शान्ति, समृद्धि र परिवारको कल्याण हुने धार्मिक विश्वास रहेको धर्मशास्त्रका जानकार डा। बासुदेवकृष्ण शास्त्री बताउँछन् । बोलबम तीर्थालुहरुको पन...

नाग्दीखोला पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

नाग्दीखोला पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध
   चितवन । चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ४ मा पहिरो झर्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । नाग्दी खोला भन्ने स्थानमा ढुंगासहितको पहिरो खसेर सडक अवरुद्ध भएको हो । प्रहरीका अनुसार दुई तर्फी नै सडक अवरुद्ध छ । सडक अवरुद्ध हुँदा सवारी साधन र तिनमा सवार यात्रुहरु बीच बाटोमै रोकिएका छन् । पहिरो पन्छाएर सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।

गैँडाकोट नमूना कलेज एक परिचय

गैँडाकोट नमूना कलेज एक परिचय
  - लक्ष्मीकान्त साँखी नेपालको मध्ये भागमा अवस्थित नमुना कलेज नाममात्र हैन शिक्षाको क्षेत्रमा पनि एउटा छुट्टै उत्कृष्ट नमुना बनेको छ । नमुना कलेज वि सं २०७० सालमा स्थापना भएको हो। यस क्षेत्रकोमात्र नभइ शैक्षिक क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल गोपेन्द्र केशरी न्यौपाने क्याम्पस सञ्चालन समितिको अध्यक्ष रहनु भएको छ । अनुभवी शिक्षकहरु भएको यस कलेजमा व्यवस्थापन संकायमा बि.बि.एस अध्यापन हुने गरेको छ। कलेजले आफ्नो स्थापनासँगै उत्कृष्ट नतिजा ल्याउन सफल यस कलेज स्थापनाको...

गैँडाकोटमा करेन्ट लागेर एक पुरुषको मृत्यु

गैँडाकोटमा करेन्ट लागेर एक पुरुषको मृत्यु
गैँडाकोट । पूर्वी नवलपरासीमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ । गैँडाकोट नगरपालिका वडा नं. ११ नारायणी आर्दशटोल घर भएका ४५ वर्षका तिलक खड्काको करेन्ट लागेर मृत्यु भएको हो । साँझ ४ः ५० वजे गैडाकोट १० भैसाखोरीमा बिजुलीको पोलमा रहेको बत्ती मर्मत गर्ने क्रममा अचानक करेन्ट लाग्दा उनको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी बेद बहादुर पौडेलले करेन्ट लागेर पोलबाट खसेर घाइते भएका खड्काको साँझ पौने ६ वजे उपचारको क्रममा भरतपुर अस्पतालमा ज्यान गएको जानकारी ...

स्टन्टबाजीका रुपमा कुनै काम गर्दैनौं – प्रधानमन्त्री ओली

स्टन्टबाजीका रुपमा कुनै काम गर्दैनौं – प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस–एमालेको समीकरणले स्टन्टबाजीका रुपमा कुनै काम नगर्ने बताएका छन् । पार्टीका नवनियुक्त केन्द्रीय सदस्यहरुको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले कतिपयले भ्रम फिजाउने कोशिस गरिरहेको बताए । कतिपयले संविधानलाई विश्वास मात्र गर्नुपर्ने, फेर्न नपाउने ग्रन्थ जस्तो प्रचार गरेको उनको तर्क छ । आफूहरुले भनेको संविधान संशोधन प्रतिगमनको मुद्दा बोकेर हिँडेका पार्टीहरुको उद्घोष नभएको भन्दै उनल...