×

 

गैंडाकोट-  नारायणी नदी किनारमा आज एक जना युवा हाम फाली वेपत्ता भएका छन् । गैंडाकोट नगरपालिका २ स्थित नारायणी नदीको पुलबाट नदीमा हाम वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

नामथर, वतन नखुलेको अन्दाजी २५/३० वर्षको जस्तो देखिने पुरुष ब्यक्ति हाम फालेको भनि स्थानिय मार्फत प्रहरीलाई जानकारी आउना साथ उनको खोजी भएको प्रहरीले जनाएको छ ।

प्रहरीले घटना स्थलबाट सि.सि टि.भि फुटेज चेक गर्दा गैंडाकोटबाट चितवनतर्फ जाँदै गरेको सेतो टिसट, निलो जिन्स पाईन्ट लगाएको पुरुष ब्यक्ति नदीमा हाम फालेको देखिएको गैडाकोट प्रहरीले जनाएको छ । उनको आज अबेरसम्म फेला नपरेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया