गैंडाकोट–नेपाल जेसीज क्षेत्र ‘घ’ सम्मेलन भोलिदेखि नवलपुरको गैंडाकोटमा हुने भएको छ ।सम्मेलनको आतिथ्यता गरिरहेको गैंडाकोट जेसीजले आज पत्रकार सम्मेलन गरी तयारी पूरा भएको जानकारी दिएको हो । सम्मेलनमा कुल एक हजार भन्दा बढी जेसीज युवाहरुको सहभागिता रहने आयोजकले जनाएको छ ।
नारायणी नदी किनारस्थित नारायणी रिसोर्टमा सम्मेलन दुईदिन सम्म चल्नेछ । यस सम्मेलनले गैंडाकोटको पर्यटन प्रवद्र्धनमा समेत टेवा पु¥याउने सम्मेलन निर्देशक गोकुल सापकोटाले बताए । उनले सहभागिहरुलाई मौलाकालिका मन्दिरको दर्शन गराउनुको साथै विभिन्न पर्यटकीय ठाउँहरुको भ्रमण गराइने छ । सम्मेलनको शुक्रबार विहान १० बजेपछि समुद्घाटन गरिनेछ । त्यसअघि गैंडाकोटमा मार्चपास गरिने जेसी शंकर अधिकारीले जानकारी दिए । सम्मेलनमा प्रस्तावित २ वटासहित ५८ वटा जेसीज संस्थाको प्रतिनिधिहरुको सहभागिता रहनेछ ।
सम्मेलनमा साधारणसभाका साथै सिनेटर बैठक, जुनियर जेसीज बैठक, वक्तत्वकला प्रतियोगिता, पर्यटकीय क्षेत्रको भ्रमण, ‘सकरात्मक कम्पन’ तालिम, पुरस्कार वितरण लगायतको कार्यक्रम हुनेछ ।