×

गैँडाकोट – स्याङ्जा नवलपरासी सम्पर्क समाज तथा बिकास प्रतिष्ठानको अध्यक्षमा देवराज भट्टराई चयन हुनुभएको छ । पूर्वी नवलपरासीको कावासोतीमा सम्पन्न स्याङ्जा नवलपरासी सम्पर्क समाज तथा बिकास प्रतिष्ठानको दोस्रो अधिवेशनले भट्टराईको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

कार्यसमितिको उपाध्यक्षमा युक्तप्रसाद गौडेल, महिला उपाध्यक्षमा बृन्दा गैरे र सचिवमा युवराज वाग्ले , सहसचिवमा चुडामणी कंडेल र कोषाध्यक्षमा रमेश कुमार पौडेल चयन हुनुभएको नवनिर्वाचित अध्यक्ष भट्टराइले जानकारी दिनुभयो ।त्यसैगरी सदस्यहरुमा बिमल प्रसाद गैरे, हरिकला ढकाल, शान्ति नेपाल, इन्दिरा सुवेदी, लेखनाथ तिवारी, ज्ञानेश्वर कंडेल, नविन तिमिल्सिना, हरि लम्साल ,भूपराज रेग्मी, केमान सिह विक र मनोज कुमार रेश्मी (मगर) रहनु भएको छ ।

निवर्तमान अध्यक्ष ऋषिराम कंडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा मध्यबिन्दु नगरपालिकाका नगर प्रमुख भिमलाल अधिकारी प्रमुख अतिथी रहनु भएको थियो ।स्याङ्जाबाट बसाई सरेर नवलपरासी आएका स्याङ्जालिलाई सदस्यता प्रदान गर्दै प्रतिस्ठानलाई थप सुदृढ गराईने नवनियुक्त अध्यक्ष भट्टराईले बताउनुभयो ।

 

तपाईको प्रतिक्रिया