जातकलाई दानविर बनाउने ज्योतिषिय योग
--ज्योतिष इन्द्र प्रसाद काफ्ले
दान ३ प्रकारका हुन्छन्
क.सात्विक–जसलाई दान दिईन्छ उसवाट केही आशा नराखी निश्वार्थ रुपमा गरिने दान, यसलाई गोप्य दान भनिन्छ ।
ख.राजसिक–कुनै अपेक्षा राखी गरिने दान, जस्तै कुनै ग्रह शान्ती गर्दा गरिने दान यसमा ग्रहको नकरात्मक फल भोग्न नपरोस् भन्ने अपेक्षाका साथ गरिने दान । कसैको छोरीको विवाहमा जाँदा टिका लगाएर पैसा किन दिईन्छ भने उनिहरु पनी आफ्नो छोरीको विवाहमा आँउदा यो भन्दा बढी टिका लगाएर दिन्छन् भन्ने हुन्छ वा टिका लगाईदिएपछी प्रशस्त भोज खा...


