गैँडाकोट – पूर्वी नवलपरासीको गैँडाकोटमा पहिलोपटक सामूदायिक वनको नेतृत्व महिलाको हातमा पुगेको छ । गैँडाकोट नगरपालिका वडा नं. ६ ८ र ९ मा रहेको नन्दन सामूदयिक वनको अधिवेशन मार्फत अध्यक्ष पदमा हरिमाया अधिकारी चुनिनु भएको हो ।
नेकपा एमाले, नेकपा माओवादी केन्द्र र रास्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उमेदबार बनेकी अधिकारीले आफ्ना प्रतिष्पर्धी बेलप्रसाद पौडेललाई १५३ मतले पछि पार्दै अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो । उपाध्यक्ष पदमा नरजङ्ग राना , सचिवमा कमला शर्मा कोषाध्यक्षमा डिला सुवेदी शर्मा र सहसचिवमा झलकराज शर्मा विजयी हुनुभएको छ ।
साूमदायिक वनको लेखा समिति संयोजकमा माधव प्रसाद न्यौपाने निर्वाचित हुनुभएको छ । उहाँले आफ्ना लक्ष्मीप्रसाद सापकोटालाई पछि पार्दै विजयी हुनुभयो ।कार्यसमिति सदस्यहरुमा छम कुमारी बिक दुर्गे तमाङ लक्ष्मी लामा तुलिमाया डिस्वा बिष्णुमाया खत्री कौशिला खत्री पार्वती शर्मा खगराज गौतम टिकाराम सुवेदी र चित्र बहादुर बोहोरा बिजयी हुनुभएको छ ।
नन्दन सामुदायिक वनको नेतृत्व पहिलोपटक महिलाको हातमा पुगेको हो । गैँडाकोटम रहेका २२ वटा सामुदायिक वनहरु मध्ये सितल सामुदायिक वन, शंखदेवी सामुदायिक वन, मजुवा सामुदायिक वन र मुकुन्दसेन सामुदायिक वनमा समेत महिलाले नेतृत्व गरिरहनु भएको छ ।
२०५३ सालमा दर्ता भएको नन्दन सामूदायिक वन ४३५.५६ हेक्टर क्षेत्रफलमा फैलिएको छ । सो सामूदायिक वनका एकहजार पाँचसय ९६ जना उपभोक्ताहरु छन् ।



उज्यालो खबर




