×

गैंडाकोट –  रेडियो संकेत ९३ मेगाहर्जले शनिबार आयोजना गरेको ‘बृहत खुल्ला तीज गीत प्रतियोगिता २०८१’ मा गैंडाकोट इङ्लिस स्कूल प्रथम भएको छ । प्रतियोगितामा वडा नम्बर २ मा रहेको शिलानास टोल महिला समूह दोस्रो भएको छ । सरस्वती बोर्डिङ स्कुल तेस्रो र प्रगति टोल महिला विकास समूहले प्रोत्साहन पुरस्कार प्राप्त गरेको छ ।

४० टीमले सहभागिता जनाएको खुल्ला तीज गीत प्रतियोगितामा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति समेत राखिएको थियो । प्रख्यात भजन गायक एवं योगा प्रशिक्षक हिरालाल कँडेल, लोकगायक सुरज भण्डारी र शिक्षक रञ्जना लामिछाने सहितको निर्णायक मण्डल रहेको थियो । प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने टिमलाई क्रमशः रू १५ हजार, रू १० हजार र रु ५ हजार नगद तथा प्रमाण प्रदान गरिएको थियो । प्रोत्साहन पुरस्कार स्वरूप रू ३ हजार एक समूहलाई प्रदान गरिएको थियो ।

होटल द नारायणी रिसोर्टमा आयोजित प्रतियोगितात्मक समारोहमा गैंडाकोट नगरपालिकाकी उपमेयर शान्ति कोइराला, सञ्चालक समिति अध्यक्ष चिरञ्जीवी श्रेष्ठ, कार्यक्रम संयोजक सुजन अधिकारी र अन्य अतिथिहरूले पुरस्कार वितरण गरेका थिए । समारोहमा उपमेयर शान्ति कोइरालाले प्रमुख अतिथिको मन्तव्य दिँदै रेडियो संकेतले प्रतियोगितात्मक कार्यक्रमलाई निरन्तरता दिएकोमा हार्दिक धन्यवाद ज्ञापन गर्दै संस्कृति बचाउन रेडियो संकेत ९३ मेगाहर्जको भूमिका अत्यन्तै सम्मानयोग्य भएको भन्दै बधाई दिइन ।

 

तपाईको प्रतिक्रिया