भूमिहिन तथा अव्यवस्थित बसोबासीहरुको समस्या समाधानका लागि गैँडाकोटमा छलफल
गैँडाकोट- नवलपुरको गैँडाकोटका भूमिहिनहरुले आफुहरुलाई तत्काल लालपुर्जा उपलव्ध गराउन राष्ट्रिय भूमि आयोगका पदाधिकारीहरुसमक्ष माग गरेका छन् । शनिवार गैँडाकोट नगरपालिकाले राष्ट्रिय भूमि आयोगको नेतृत्व सँग आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै भूमिहिनहरुले राज्यले पटक पटक भूमिहिनहरुलाई आश्वासन दिए पनि कार्यान्वयन नगरेको भन्दै आक्रोश व्यक्त गरे ।
राष्ट्रिय भूमि अधिकार मञ्च नवलपुरका उपाध्यक्ष मायादेवी ठकुरीले भूमिहिनहरुलाई भोटबैकंको रुपमा प्रयोग गरिएको बताउनुभयो । विगत लामो समयदेख...


