×

नवलपुर विशेष

आज माघे सङ्क्रान्ति पर्व, देवघाटमा भक्तजनको भिड

आज माघे सङ्क्रान्ति पर्व, देवघाटमा भक्तजनको भिड
चितवन- आज माघे संक्रान्ति पर्व देशभर मनाइँदै छ । माघे संक्रान्तिको अवसरमा चितवन, तनहुँ र नवलपुरको सिमानामा पर्ने पवित्र धार्मिक स्थल देवघाटमा माघे संक्रान्ति मेला लागेको छ । कालिगण्डकी र त्रिशुली नदीको संगमस्थल देवघाटको वेणीमा स्नान गर्ने भक्तजनको विहानै देखि घुइँचो लागेको छ । भक्तजनको भिडलाई मध्येनजर गरी आज देवघाट जाने भक्तजनलाई आँपटारी–रामनगर–देवघाट र आँपटारी–रामनगर–ठिमुरा–देवघाट प्रवेश मार्ग र देवघाट–वागिश्वरी–आँपटारी सडकलाई बाहिरिने मार्गका रुपमा प्रयोग गरिँदै छ । स...

भुमि समस्या समाधान आयोग नवलपुरको अध्यक्षमा गैँडाकोटका खरेल नियुक्त

भुमि समस्या समाधान आयोग नवलपुरको अध्यक्षमा गैँडाकोटका खरेल नियुक्त
गैँडाकोट। भुमि समस्या समाधान आयोग नवलपुरको अध्यक्षमा तारापती खरेल दोस्रो कार्यकालका लागि नियुक्त भएका छ्न । नेपाली काँग्रेसका नेता खरेल गैँडाकोट नगरपालिका वडा नं‍ ५ का स्थायी बासिन्दा हुन् । भुमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालयको पौष २९ को मन्त्री स्तरीय निर्णय अनुसार खरेल जिल्ला अध्यक्षको रुपमा नियुक्त भएका हुन । नेपाली कांग्रेस र एमालेको गठबन्धनबाट सरकार बने पछि बनेको भुमि समस्या समाधान आयोगमा कांग्रेसको कोटाबाट खरेल अध्यक्षमा नियुक्त भएका हुन । नवलपुरको नेतृत...

घाँस काट्ने क्रममा रुखबाट लडेर नवलपुरमा एक पुरुषको मृत्यु

घाँस काट्ने क्रममा रुखबाट लडेर नवलपुरमा एक पुरुषको मृत्यु
गैँडाकोट । घाँस काट्ने क्रममा रुखबाट लडेर नवलपुरमा एक पुरुषको मृत्यु भएको छ । हुप्सेकोट गाउँपालिका वडा नं. ४ डिही बस्ने ६० बर्षका रमन रानाको रुखबाट लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । स्थानीय थुम्कीदेवी सामूदायिक वनमा घाँस काट्न गएका राना घाँस काट्ने क्रममा भर्लाको रुखबाट लडेर घाइते भएका थिए । घाइते रानाको उपचारको क्रममा आज साँझ साढे ५ वजे मध्यविन्दु जिल्ला अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रसिद्ध कथावाचिका देवी प्रतिभा भोलि देवघाट आउँदै

प्रसिद्ध कथावाचिका देवी प्रतिभा भोलि देवघाट आउँदै
देवघाट-  देवघाट महा-महोत्सव २०८१ को मुख्य आकर्षणका रूपमा प्रसिद्ध कथा वाचिका देवी प्रतिभा भोलि पौष २९ गते देवघाट आइपुग्ने भएकी छिन्। गण्डकी र त्रिशूली नदीको संगमस्थलमा जारी यस महोत्सवमा देवी प्रतिभाले १० दिनसम्म विशेष प्रवचन दिने कार्यक्रम तय गरिएको छ। उनका प्रवचनहरूले महोत्सवमा सहभागी लाखौं भक्तजनलाई आध्यात्मिक सन्देश प्रदान गर्ने विश्वास गरिएको छ। देवघाट महोत्सवको आयोजक समितिका अनुसार, देवी प्रतिभाको आगमनले धार्मिक वातावरण थप आध्यात्मिक र प्रेरणादायी बन्नेछ। कथावाचन र प्रव...

शिक्षिकाको कुटाइबाट यूकेजीमा पढ्ने विद्यार्थीको आँखा फुट्यो

शिक्षिकाको कुटाइबाट यूकेजीमा पढ्ने विद्यार्थीको आँखा फुट्यो
पश्चिम नवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुरमा शिक्षिकाको कुटाइबाट यूकेजीमा पढ्ने एक विद्यार्थीको आँखा फुटेको छ ।प्रतापपुर गाउँपालिका–१ मा रहेको एच पाठशालाकी शिक्षिका सन्जु चौधरीले लठ्ठीले हान्दा यूकेजीमा पढ्ने ६ वर्षीय प्रशान्त चौधरीको बायाँ आँखा फुटेको हो । यो घटना गत मंसिर १८ गतेको भए पनि प्रहरीमा ढिलोमात्रै उजुरी परेपछि सार्वजनिक भएको हो । पुस १९ गते मात्र प्रहरीले शिक्षिकाविरुद्ध अदालतबाट पक्राउ पुर्जी लिएको थियो । अहिले ती शिक्षिका फरार रहेको प्रहरीले जनाएको छ । ...

दाउन्नेमा शितलहरले फेरि बाटो बन्द, यात्रुहरु हिंडेरै गन्तव्यतर्फ जान बाध्य

दाउन्नेमा शितलहरले फेरि बाटो बन्द, यात्रुहरु हिंडेरै गन्तव्यतर्फ जान बाध्य
दाउन्नेमा अवरुद्ध सडक अझै सुचारु हुन सकेको छैन । मङ्गलबार रातिदेखि अवरुद्ध सडक हिजो केही समय एकतर्फी रुपमा सुचारु भएपनि गएरातीदेखि फेरि अवरुद्ध भएको हो ।शीतलहरका कारण सडक चिप्लो भएपछि गए रातीदेखि फेरि सडक पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ । अहिले दुवैतर्फ सवारी साधनको लामो लाइन छ । रातभरको जामका कारण यात्रुले शास्ति भोग्न बाध्य भएका छन् । कतिपय यात्रुहरु भने रातभर हिँडेर दाउन्नेखण्ड पार गरेका छन् । काठमान्डौबाट नवलपरासी फर्किएका यात्...

युवा व्यवसायी गैरेको उपचारको क्रममा निधन

युवा व्यवसायी गैरेको उपचारको क्रममा निधन
गैँडाकोट - सवारी दुर्घटनामा परि गम्भिर घाइते भएका नारायणगढका युवा व्यवसायी रमेश गैरेको उपचारको क्रममा आज साँझ निधन भएको छ । नारायणगढको कमलनगरमा गगहाउस सञ्चालन गर्दै आएका ३८ बर्षीय युवा व्यवसायी गैरेको उपचारको क्रममा भरतपुर अस्पतालमा ज्यान गएको हो । पौष १ गते चितवनको माडीमा लायन्स क्लब अफ नारायणगढ प्रोफेसनलको आयोजनामा भएको न्यानो कपडा तथा स्टेशनरी वितरण कार्यक्रममा सहभागि भएर फर्कने क्रममा चितवन निकुञ्जको जंगलमा कार दुर्घटनामा परि गैरे गम्भिर घाइते भएका थिए । गैरेका बुबा, आ...

माघ १ गतेदेखि देवघाट महा–महोत्सव हुँदै, तयारी पुरा

माघ १ गतेदेखि देवघाट महा–महोत्सव हुँदै, तयारी पुरा
  देवघाट- तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ५ को देवघाटमा मातापिता सेवा आश्रम र देवघाट दिव्यधाम निर्मााणकोलागि आगामी माघ १ गतेदेखी ३० गतेसम्म देवघाटधाममा देवघाट महा–महोत्सव गरिने भएको छ । चितवनको देवघाट स्थित विश्वजागरण महाअभियान ट्रष्टको आयोजना र सुप्रसिद्ध भागवत कथावाचक इश्वरकृष्णजी महाराजको संकल्पमा कालिगण्डकी र त्रिशूली नदीको संगमस्थलमा ऐतिहासिक देवघाट महा–महोत्सव २०८१ गरिन लागिएको हो । उक्त महोत्सवको तयारी पुरा भएको आयोजकले जनाएको छ । सोमबार पत्रकार सम्मेलनको आ...

गैंडाकोटको सिद्धान्त क्याम्पसको चरम लापहरबाही, ४९ विद्यार्थीको नतिजा रोकियो

गैंडाकोटको सिद्धान्त क्याम्पसको चरम लापहरबाही, ४९ विद्यार्थीको नतिजा रोकियो
  नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा रहेको सिद्धान्त क्याम्पसका विद्यार्थीको नतिजा क्याम्पसको लापरबाहीका कारण रोकिएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय रापुरबाट सम्बन्धन लिएर सञ्चालनमा आएको क्याम्पसका स्नातक आठौँ सत्रहान्त (सेमिस्टर) का विद्यार्थीको नतिजा रोकिएको हो ।क्याम्पसको वन विज्ञान सङ्कायमा अध्ययनरत ४९ जना विद्यार्थीको नतिजा नआउँदा विद्यार्थीहरू समस्यामा परेका छन् । विद्यार्थी आशिष थपलियाले आठौँ सत्रहान्तको थेसिस (शोधपत्र) को रिजल्ट रोकिए...