माघ १ गतेदेखि देवघाट महा–महोत्सव हुँदै, तयारी पुरा
देवघाट- तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ५ को देवघाटमा मातापिता सेवा आश्रम र देवघाट दिव्यधाम निर्मााणकोलागि आगामी माघ १ गतेदेखी ३० गतेसम्म देवघाटधाममा देवघाट महा–महोत्सव गरिने भएको छ । चितवनको देवघाट स्थित विश्वजागरण महाअभियान ट्रष्टको आयोजना र सुप्रसिद्ध भागवत कथावाचक इश्वरकृष्णजी महाराजको संकल्पमा कालिगण्डकी र त्रिशूली नदीको संगमस्थलमा ऐतिहासिक देवघाट महा–महोत्सव २०८१ गरिन लागिएको हो । उक्त महोत्सवको तयारी पुरा भएको आयोजकले जनाएको छ । सोमबार पत्रकार सम्मेलनको आ...


