गैँडाकोट – नवलपुरको गैँडाकोटमा बिपी स्मृति कम अन्तरपालिका रनिङ शिल्ड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । नेपाली काँग्रेस गैँडाकोट नगर समितिको आयोजनामा फागुन ८ गतेदेखि आयोजना हुने प्रतियोगिताको सबै तयारी पूरा भएको नेपाली काग्रेश गैँडाकोटले जनाएको छ ।
प्रतियोगिता बारे जानकारी दिन बिपी स्मृति भवन (पार्टी कार्यालय) मा आयोजित पत्रकार सम्मेलनमा नगरसभापति बद्री सापकोटाले बीपीको सम्मान र सम्झनामा फुटबल प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिनुभयो । प्रतियोगितामा गैँडाकोट सहित जिल्लाका सबै स्थानीय तहहरुबाट खेलाडीहरु सहभागि हुनेछन् ।
प्रतियोगितामा प्रथम हुने समूहलाई १ लाख रुयैयाँ नगद , शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिने छ भने द्धितीय हुने समूहलाई ५० हजार रुपैया नगद, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । त्यसैगरी सर्बोत्कृष्ट खेलाडीले १० हजार रुपैया नगद, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन् । सर्वाधिक गोलकर्ता, सर्बोत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्स र प्लेयर अफ दि म्याचलाई समेत नगद पुरस्कारको ब्यवस्था गरिएको प्रतियोगिताका संयोजक रमेश तिवारीले बताउनुभयो ।
फागुन ८ गते विहान ११ वजे गैँडाकोट नगरपालिका वडा नं. ३,४ र ८ मा पर्ने प्रस्तावित गैँडाकोट क्षेत्रीय रंगशालामा संघीय शासंद समेत रहनुभएका विपी पुत्र डाक्टर शंशाकं कोइरालाले बिपी स्मृति कम अन्तरपालिका रनिङ शिल्ड फुटबल प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
नेपाली काँग्रेस नवलपुरका सभापति महेन्द्रध्वज जिसीको प्रमुख आतिथ्यता तथा गैँडाकोट नगर सभापति बद्री सापकोटाको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा महासमिति सदस्य गंगाधर गौतम,जिल्ला सहसचिव राजेश पौडेल, क्षेत्र नं. १ (१) सभापति गोपाल सापकोटा,जिल्ला सदस्य खगराज सापकोटा, गैँडाकोट नगर खेलकुद विकास समितिका अध्यक्ष धामनाथ सापकोटा, गैँडाकोट नगर खेलकुद विकास समितिका उपाध्यक्ष लक्ष्मण कार्की, काँग्रेसका नगर सचिव गोविन्द घिमिरे, कोषाध्यक्ष गोपीनाथ खरेल लगायतको उपस्थिति रहेको थियो ।






उज्यालो खबर




