लुम्बिनी आइसिटी इन्टर कलेज ग्राफिक्स डिजाइन प्रतियोगितामा अरोमाकी अविशा प्रथम
गैँडाकोट – लुम्बिनी आईसिटी इन्टर कलेज ग्राफिक्स डिजाइन प्रतियोगितामा अरोमा कलेजकी अविशा अर्याल प्रथम भएकी छन् ।गैँडाकोटको लुम्बिनी आईसिटी क्याम्पसको लुम्बिनी आईसिटी क्लबले आयोजना गरेको सो प्रतियोगितामा अर्याल प्रथम भएकी हुन् ।
प्रथम भएसँगै उनले पन्ध्र हजार नगदसहित ट्रफी प्राप्त गरेकी छन् । त्यस्तै सनराइज इंग्लिश स्कूलका कृतज्ञ आचार्य दोस्रो र अङ्कुरम एकेडेमीका सौर्य पौडेल तेस्रो भएका छन् । दोस्रो भएका आचार्यले बाह्र हजार नगद र ट्रफी तेस्रो भएका पौडेलले आठ हजार र ...


