×

गैँडाकोट – अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट (अक्सफोर्ड कलेज) गैँडाकोटको २५ औँ बार्षिकोत्सव तथा रजत जयन्तीको अवसरमा आयोजना गरिएको रक्तदानमा १४६ जनाले रक्तदान गरेका छन् ।

कलेज परिसरमा आयोजना भएको रक्तदानमा १०१ जना पुरुष र ४५ जना महिलाहरुले रक्तदान गरेको कलेजका प्राचार्य फ्रोफेसर डाक्टर हरि भण्डारीले जानकारी दिनुभयो । कलेजका प्राचार्य भण्डारीले रक्तदान गर्ने विद्यार्थीहरुलाई ब्लड ब्याग दिएर कार्यक्रमको उद्घाटन गरिएको थियो ।

रजज जयन्तीको अवसरमा कलेजले माघ महिनादेखि विभिन्न रचनात्मक कृयाकलापहरु गर्दै आएको छ । हालसम्म अन्तर स्कुल बास्केटवल प्रतियोगिता, अन्तरस्कुल कल्चरल प्रतियोगिता, अन्तरस्कुल कुलीनरी कृयशन प्रतिष्पर्धा , र अन्तरस्कुल बक्तृत्वकला प्रतियोगिता सम्पन्न भैसकेका छन् ।

तपाईको प्रतिक्रिया