×

गैँडाकोट – गैँडाकोटमा बसको ठक्करबाट मोटरसाइकल चालक गम्भिर घाइते भएका छन् । घाइतेहुनेमा पर्सा जिल्ला धोवनी गाउँपालिका वडा नं. ३ घर भएका २८ वर्षका अर्जुन महतो रहेका छन् ।

गैँडाकोट नगरपालिका वडा नं. १ मिलनचोक स्थित उज्यालो कार्यालय नजिकै आज विहान ९ वजे बा ५ ख ६२५२ नम्बरको बसले महतोले चलाएको ना ४३ प ५०३ नम्बरको मोटरसाइकलाई ठक्कर दिदा सो दुर्घटना भएको हो ।

बसको ठक्करबाट घाइते भएका महतोको चितवन मेडिकल कलेजमा उपचार भैरहेको छ । टाउकोमा चोट लागेका उनको अवस्था गम्भिर रहेको अस्पतालले जनाएको छ । बस र त्यसका चालकलाई इलाका प्रहरी कार्यालय गैँडाकोटले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया