काठमाडौँ- नेपाली कांग्रेसका पूर्व महामन्त्री डा।शशांक कोइरालाले भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी छोरी रेणु दाहाललाई मेयर बनाउन सभापति शेरबहादुर देउवाले ठुलो गल्ती गरेको बताएका छन्। महेन्द्रनारायण निधिको १०४ औँ जन्म जयन्तीका अवसरमा मङ्गलवार जनकपुरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै कोइरालाले यस्तो बताएका हुन्।
‘चितवनमा शेरबहादुरजीले ठुलो गल्ती गर्नुभयो, प्रचण्डको छोरीलाई मेयर बनाउन उहाँले हाम्रो उम्मेदवार नै दिनुभएन,’ पूर्व महामन्त्री कोइरालाले भने, ‘त्यसले ठुलो घात भएको छ। आजको मितिमा नेपाली कांग्रेस जुन शक्तिशाली थियो, अहिले तितरबितर भएको छ।’
त्यति बेला आफूले सभापति देउवालाई गल्ती गरेको कुरा स्मरण गराएको पनि उनले दाबी गरे। ‘मैले उहाँलाई भने–शेरबहादुरजी के गर्नुभएको रु उहाँले तैँले बुझ्दैनस् यो राजनीति हो भन्नुभयो,’ कोइरालाले भने।



उज्यालो खबर




