गैँडाकोट- गैँडाकोट– नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल तरुण दल गैँडाकोट नगरको तर्दथ समितिको सभापतिमा रोशन सापकोटा चयन भएका छन् । नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष विद्धान गुरुङको उपस्थितिमा गैँडाकोटमा सम्पन्न बृहत भेलाले सापकोटालाई तर्दथ समितिको सभापतिमा सर्वसम्मत चयन गरेको हो ।
सापकोटाको सभापतित्वमा गठन भएको तर्दथ समितिले चैत्र महिनाभित्र नयाँ अधिवेशन गर्ने नेपाली काँग्रेस गैँडाकोटका सभापति बद्री सापकोटाले जानकारी दिए । नगरउपसभापतिमा सुमन लामिछाने र गोविन्द तिवारी, सचिवमा विनायक गौडेल, देव बहादुर महतो, सहसचिवहरुमा गौरब श्रेष्ठ, सरोज कँडेल, प्रकाश कोइराला, विशाल ढकाल, कोषाध्यक्षमा आयुष श्रेष्ठ चयन भएका छन् ।
तदर्थ समिति गठन कार्यक्रममा बोल्दै नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष बिद्धान गुरुङ्ले युवाहरुलाई देशमै बस्ने वातावरण बनाउन आवश्यक रहेको बताए । उनले देशमै रोजगारीको अवस्था सिर्जना गरी युवालाई यहिँ राख्ने वातावरण बनाउन सबैले पहल गर्नुपर्नेमा जोड दिए ।



उज्यालो खबर




