×

 

नवलपुर – अक्सफोर्ड कलेज अफ इन्जिनियरिंङ एण्ड म्यानेजमेन्टको स्थापनाको २५औं वार्षिकोत्सवको अवसरमा आयोजित “अक्सफोर्ड इग्नाइट साइन्स च्यालेन्जेस-२५” विज्ञान प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। प्रतियोगितामा स्काइराइडर स्कुलले प्रथम स्थान हासिल गर्दा अक्सफोर्ड स्कुल द्वितीय र नारायणी नमुना स्कुल तृतीय स्थानमा रहे। प्रतियोगितामा विभिन्न विद्यालयका २७ वटा विद्यार्थीहरूको समूहले नवीन वैज्ञानिक प्रयोगहरू प्रस्तुत गर्दै आफ्नो सिर्जनशीलता देखाएका थिए।

कार्यक्रमका प्रमुख अतिथि मदनभक्त अधिकारीले प्रतियोगिताको सफलताको शुभकामना दिँदै विद्यार्थीहरूलाई नवप्रवर्तनशील सोच विकास गर्न प्रेरित गर्न यस्ता कार्यक्रमहरूको आवश्यकता रहेको उल्लेख गर्नुभयो। अन्य विशेष अतिथि बालकृष्ण चापागाईं, झबिन्द्र खनाल, चुडामणि शर्मा कंडेल लगायतले विज्ञान र प्रविधिले मुलुकको भविष्य निर्माणमा खेल्ने भूमिकाबारे मन्तव्य व्यक्त गर्नुभयो ।

कार्यक्रमको सभापति हरि भण्डारी हुनुहुन्थ्यो भने सञ्चालन कृष्णहरि पौडेलले गर्नुभएको थियो। अक्सफोर्ड कलेजले आगामी दिनहरूमा विज्ञान र प्रविधि सम्बन्धी कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ। आयोजक समितिका अनुसार यस्ता प्रतियोगिताले विद्यार्थीहरूलाई अनुसन्धान र सिर्जनात्मक कार्यमा अभिप्रेरित गर्दै उनीहरूको सीपलाई निखार्ने अवसर प्रदान गर्छ।

विजयी विद्यार्थीहरूको सम्मान प्रतियोगितामा विजयी विद्यार्थीहरूलाई प्रमाणपत्र र पुरस्कार प्रदान गर्दै उनीहरूको मेहनतको सम्मान गरिएको थियो। विजेताले आफ्नो कडा परिश्रम र अनुसन्धानका माध्यमबाट हासिल गरेको सफलता र योगदानलाई सराहना गरिएको थियो। विजेताहरूले आगामी वर्षहरूमा अझ नवीन प्रयोगहरू ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । अक्सफोर्ड कलेजको यो महत्वपूर्ण वार्षिकोत्सव अवसरमा आयोजित प्रतियोगिताले विद्यार्थीहरूको वैज्ञानिक चेतना अभिवृद्धि गर्दै नवप्रवर्तनशील सोचलाई प्रवर्द्धन गर्ने विश्वास लिइएको छ।

तपाईको प्रतिक्रिया