×

नवलपुर विशेष

गैँडाकोटमा आजदेखि एचपिभि खोप अभियान सुरु 

गैँडाकोटमा आजदेखि एचपिभि खोप अभियान सुरु 
  गैंडाकोट - गैंडाकोटमा जनक नमुना माध्यमिक विद्यालय खोप केन्द्रबाट आजदेखि पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप (एचपिभि खोप)  लगाउने कार्यक्रम  सुरुवात भएको छ । खोप कार्यक्रमको सुरुवात गर्दै गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरबाट बचाउन यो खोप लगाउन आवश्यक भएको बताउनुभयो । धेरै महिलाहरुको मृत्यु पाठेघरको मुखको क्यान्सरबाट भएकोले यसलाई निर्मुल गर्न यो खोपले काम गर्ने उहाँको विश्वास थियो । गैँडाकोट नगरपालिकाका प्रमुख प...

नवलपुरमा नौ करोडको सुन्तला उत्पादन

नवलपुरमा नौ करोडको सुन्तला उत्पादन
  नवलपरासी । यस वर्ष नवलपरासी (बर्दघाट(सुस्तापूर्व) मा रु. नौ करोड बराबरको सुन्तला उत्पादन भएको छ । जिल्लामा सुन्तला लगाउने क्षेत्रफल बढेसँगै गत वर्षभन्दा उत्पादनमा वृद्धि भएको हो ।कृषि ज्ञान केन्द्र नवलपुरका सूचना अधिकारी विश्वास काफ्लेले गत वर्ष रु। सात करोड १८ लाखको सुन्तला उत्पादन भएको बताए । जिल्लाको पहाडी क्षेत्रमा अमिला जातका फलफूलको जोन लागू भएपछि सुन्तला खेती गर्ने किसान र खेती गरिने क्षेत्रफलमा वृद्धि भएको उनको भनाइ छ । गत वर्ष कूल दुई सय २६ हेक्टर क्षेत्...

गैंडाकोटका तीन हजार चारसय ६६ किशोरीहरुलाई भोलिदेखि एचपिभि खोप लगाईँदै

गैंडाकोटका तीन हजार चारसय ६६ किशोरीहरुलाई भोलिदेखि एचपिभि खोप लगाईँदै
गैंडाकोट- गैंडाकोटका तीन हजार चारसय ६६  किशोरीहरुलाई भोलिदेखि एचपिभि खोपलगाईने भएको छ। एचपिभि खोप सम्बन्धी जानकारी दिने उद्देश्यले गैंडाकोट नगरपालिका स्वास्थ्य शाखाले  संचारकर्मीहरूका लागि आयाेजना गरेकाे अभिमुखीकरण कार्यक्रममा सो कुरा जानकारी गराईएको हो। गैंडाकोट नगरपालिका भित्र माघ २३ गतेदेखि २८ गतेसम्म कक्षा ६ देखि १० कक्षासम्मका तीन हजार चारसय ६६ जना छात्राहरूलाई खोप लगाईने गैंडाकोट नगरपालिकाका जनस्वास्थ्य अधिकृत माधव आचार्यले जानकारी दिनुभयो।माघ २३ गतेदेखि गैंडाकोटका १...

नारायणघाट बुटवल सडक विस्तारले गति लिँदै

नारायणघाट बुटवल सडक विस्तारले गति लिँदै
  नवलपुर  । राष्ट्रिय गौरवको आयोजनाको रूपमा अघि बढाइएको पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ बुटवल खण्ड विस्तारको कामले तीव्रता पाएको छ । नारायणघाट बुटवल सडक योजना पूर्वीखण्डका सूचना अधिकारी इञ्जिनीयर शिव खनालले अहिले पूर्वीखण्डको विभिन्न १८ स्थानमा कालोपत्र गर्नेगरी काम भइरहेको जानकारी दिए । “यो फेब्रुअरी महिनामा गैँडाकोटबाट दुम्कीबासम्म एकतर्फी कालोपत्र पुर्‍याउने गरी काम भइरहेको छ” उनले भने,“पुल र कल्भर्ट रहेका ठाउँ बाहेकका सडकमा कालोपत्र गर्नेगरी १८ ठाउँमा क...

गैँडाकोट इङ्लिस स्कुलमा सोमबार सरस्वती पुजा तथा अक्षर-आराम्भ कार्यक्रम हुँदै

गैँडाकोट इङ्लिस स्कुलमा सोमबार सरस्वती पुजा तथा अक्षर-आराम्भ कार्यक्रम हुँदै
गैँडाकोट - श्रीपञ्चमीको अवसरमा गैँडाकोट इङ्लिस स्कुलले सोमबार सरस्वती पुजा तथा अक्षर आराम्भ कार्यक्रमको आयोजना गरेको छ । विहान ८ वजेदेखि  सरस्वती पुजा तथा साना बाबु नानीहरुको लागि अक्षरआराम्भ कार्यक्रमको आयोजना गरिएको स्कुलले जनाएको छ । स्कुलका प्राचार्य हिरालाल अर्यालले विहान ८ वजेदेखि स्कुल परिसरमा सरस्वती पुजाको आयोजना गरिएको जानकारी दिनुभयो । उहाँले सरस्वती पुजा लगत्तै विद्यालयमा आएका नयाँ बालबालिकाहरुका लागि डे केयर, प्ले ग्रुप र नर्सरीमा अक्षर आराम्भ कार्यक्रम राखिएक...

कावासोती वडा नं. १ का अध्यक्ष मियाको निधन

कावासोती वडा नं. १ का अध्यक्ष मियाको निधन
गैँडाकोट - पूर्वी नवलपरासीको कावासोती नगरपालिका वडा नं. १ का अध्यक्ष तवारक अहमद मियाको निधन भएको छ । राष्ट्रिय युवासंघ नेपाल नवलपुरका सहसचिव समेत रहेका मियाको गैँडाकोटमा युवासंघको अधिवेशनमा सहभागि भैरहेको बेला हृदयघातका कारण मृत्यु भएको हो । गैँडाकोटको श्रीराम पार्टी प्यालेसमा चलिरहेको राष्ट्रिय युवासंघ नेपाल नवलपुरको दशौ जिल्ला अधिवेशनमा स्वागत मन्तव्य दिएर स्टेजबाट ओर्लिए लगत्तै मिया कुर्चीमा लडेका थिए । घटना लगत्तै उनलाई उपचारको लागि चितवन मेडिकल कलेज लगिएको थियो । मियाको...

सरस्वती निकेतन माविको आयोजनामा हाजिरी जवाफ र नृत्य र प्रतियोगिता सम्पन्न

सरस्वती निकेतन माविको आयोजनामा हाजिरी जवाफ र नृत्य र प्रतियोगिता सम्पन्न
  गैँडाकोट -  सरस्वती निकेतन आवासीय माध्यमिक विद्यालयले आज विद्यालयमा अभिभावक र विद्यार्थीका लागि नृत्य प्रतियोगिता र टोल विकास अन्तरमहिला समूह स्तरिय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको छ । नृत्य प्रतियोगितामा कक्षा ३ का अविज्ञा मगर र अभिभावक यूनिका मगर प्रथम हुनुभएको छ । यस्तै कक्षा ३ का गंगा सुनार र अभिभावक सरस्वती सुनार द्धितिय, कक्षा २ का रुपल गिरी र अभिभावक कौशिल्या गिरीले तृतिय स्थान हासिल गर्नुभएको छ । टोल विकास अन्तरमहिला समूह स्तरिय हाजिरी जवाफ प्रतियोग...

राष्ट्रिय युवासंघ नेपाल नवलपुरको दशौँ जिल्ला अधिवेशन भोलि गैँडाकोटमा हुँदै

राष्ट्रिय युवासंघ नेपाल नवलपुरको दशौँ जिल्ला अधिवेशन भोलि गैँडाकोटमा हुँदै
गैँडाकोट -  राष्ट्रिय युवासंघ नेपाल नवलपुरको दशौँ जिल्ला अधिवेशन शनिबार गैँडाकोटमा हुने भएको छ । गैँडाकोटको श्रीराम पार्टी प्यालेसमा आयोजना हुने अधिवेशनको तयारी पुरा भएको जिल्ला अध्यक्ष कृष्ण कंडेलले जानकारी दिनुभयो । अधिवेशनको विहान ११ वजे एक समारोहका विच राष्ट्रिय युवासंघ नेपालका केन्द्रीय अध्यक्ष क्षितीज थेवेले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । दशौ जिल्ला अधिवेशनका लागि आयोजक कमिटी र जिल्लाका पालिकाहरुबाट गरि २२८ जना प्रतिनिधीहरु छनौट गरिएको कडेलले बताउनुभयो । अधिवेश...

नेपाल हिन्दू राष्ट्र हुनुपर्छ – डा. सशांक कोइराला

नेपाल हिन्दू राष्ट्र हुनुपर्छ – डा. सशांक कोइराला
देवघाट-  देवघाटमा जारी महामहोत्सवमा नेपाली कांग्रेसका पूर्व महामन्त्री एवं केन्द्रीय सदस्य डा. सशांक कोइराला प्रमुख अतिथिका रूपमा उपस्थित हुनु भएको छ । उहाले नेपाल हिन्दू राष्ट्र हुनुपर्ने अडानलाई दोहोर्याउँदै, गण्डकी सभ्यता र धार्मिक धरोहरको संरक्षणका लागि सरकार गम्भीर हुनुपर्नेमा जोड दिनुभयो । महामहोत्सवमा सहभागी हुन पाउँदा आफू निकै खुशी भएको बताउँदै, उहाले आफ्नो परिवारको धार्मिक आस्थालाई स्मरण गर्नुभयो । उहाले भन्नुभयो , मेरो बाजे कृष्णप्रसाद कोइरालाले विराटनगरमा घरभन्दा ...