×

गैँडाकोट – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गैँडाकोटको प्रथम नगर अधिवेशन आज हुँदैछ । गैँडाकोट नगरपालिका वडा नं. १२ मा रहेको होटल पौवामा हुने प्रथम नगरअधिवेशनको राष्ट्रिय स्वतन्त्र पार्टी  (रास्वपा) का केन्द्रीय सदस्य हरि ढकालले उद्घाटन गर्ने कार्यक्रम रहेको नगर उपसभापति विमल घिमिरेले जानकारी दिनुभयो ।

अधिवेशनले आगामी पाँचवर्षका लागि सभापति, उपसभापति, सचिव, कोषाध्यक्ष र सहसचिव सहित १५ सदस्यीय नयाँ नगरसमिति चयन गर्ने कार्यक्रम रहेको छ । नयाँ कार्यसमिति चयन भएपश्चात कोषाध्यक्ष पछि मनोनित गर्ने रास्वपाको प्रावधान छ ।

रास्वपा गैँडाकोटको सभापति पदका लागि हालका सभापति ज्ञानहरी कंडेल र उपसभापति विमल घिमिरेले उमेदवारी दिनुभएको छ ।  सभापति बाहेक बाँकी पदहरुमा समेत एकभन्दा बढि उमेदवारी परेको छ । विहान १० वजेसम्म उमेदवारी दर्ताको समय राखिएको निर्वाचन समितिका संयोजक मिना शर्मा गौडेलले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया